लेबनानद्वारा सिरियाली शरणार्थीको सुरक्षित स्वदेश फिर्तीका लागि राष्ट्रसङ्घलाई आग्रह



लेबनानले सिरियाली शरणार्थीलाई सुरक्षित स्वदेश फर्काउन संयुक्त राष्ट्रसङ्घले लेबनानी अधिकारीलाई सहयोग गर्नुपर्ने बताएको छ ।

लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) फिलिपो ग्रान्डीसँग ग्रान्ड सेराइलमा भने, “लेबनानसँग शरणार्थी मामिलाको परिणाम सहन सक्ने आर्थिक र राजनीतिक क्षमता छैन यो मुद्दा लेबनानका लागि दबाबको कारक बनेको छ ।”

मिकातीले भने, “यस चरणको प्राथमिकता विस्थापित सिरियालीहरूलाई क्रमशः उनीहरूको देशमा फर्काउने हो किनकि सिरियामा स्थिति स्थिर भएको छ ।

उक्त अबसरमा ग्रान्डीले मिकातीसँग ठूलो सङ्ख्यामा सिरियाली शरणार्थीहरूलाई होस्ट गर्न लेबनानमाथि थोपरिएको अविश्वसनीय दबाबको बारेमा सहमति व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घले लेबनानी जनता र देशका सबैका लागि आफ्नो मानवीय सहयोग बढाउने आश्वासन दिए ।

ग्रान्डीले युएनएचसीआरले सिरियाली अधिकारीहरूसँग मिलेर सिरियाली शरणार्थीहरूलाई उनीहरूको मातृभूमिमा फर्कनबाट रोक्न भउका अवरोधहरू हटाउन काम गरिरहेको भन्दै केही चुनौतीहरूमा भत्किएका घरहरू र कठिन आर्थिक स्थिति समावेश रहेको बताए ।

उनले भने, “हामीले केही प्रगति गरेका छौं, तर फर्कने निर्णयमा विश्वस्त हुन अझै धेरै काम गर्न बाँकी छ । कतिपय स्थानका शरणार्थी फिर्ता गर्नका लागि उनीहरूको घर भत्किएकोले समस्या भएको छ ।”

सरकारले लेबनानमा २० लाख सिरियाली शरणार्थी रहेको अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक व्यापार र लगानी वृद्धि गर्ने चीनको योजना

चीनले वैदेशिक व्यापार र लगानी वृद्धि एवं उपभोगमा तिब्रता ल्याउने योजना अघि सारेको

पाकिस्तानमा पुलबाट बस खस्दा ४० जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४०

क्यालिफोर्नियामा अर्को गोलीकाण्ड, तीनजनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा एक हप्तायता नै दोस्रो पटक गोली काण्ड भएको छ । शनिबार

श्रीलङ्काको अर्थतन्त्र २०२४ मा सुधार हुने

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशत र यो