४५ प्रतिशत पाकिस्तानीलाई आर्थिक सुधार हुनेमा विश्वास



पाकिस्तानका करिब ४५ प्रतिशत नागरिकलाई यहाँको आर्थिक अवस्थामा सुधार आउनेमा विश्वास लागेको हालै सम्पन्न गरिएको एक सर्भेक्षणले देखाएको छ । पाकिस्तानमा त्यहाँका नागरिकमा हालै गरिएको सो सर्भेक्षणले सो तथ्य देखिएको जनाइएको छ ।

आगामी छ महिनामा पाकिस्तानको वर्तमान आर्थिक अवस्थामा सुधार आउने उनीहरुले अनुसन्धानका क्रममा बताएका हुन् ।

यहाँको ग्यालप र गिलानीको अनुसन्धानमा उनीहरुलाई पाकिस्तानको अहिलेको आर्थिक अवस्था कस्तो लाग्छ र यसमा सुधार आउँछ कि आउँदैन भन्ने प्रश्न गरिएको थियो ।

यो प्रश्नको जवाफ दिने क्रममा ४५ प्रतिशतले पाकिस्तानको अहिलेको आर्थिक अवस्था खराब रहेको बताउँदै तर पनि आगामी छ महिनापछि यो अवस्थामा सुधार आउने बताएका हुन् ।

यो प्रश्नको जवाफ दिने क्रममा छ प्रतिशत उत्तरकर्ताले अहिलेको अवस्था निकै धेरै सुधार आउने बताएका छन् भने अरु ३९ प्रतिशतले पनि सुधार आउने बताएका छन् ।

तर उक्त सर्भेक्षणमा सहभागीमध्ये सो प्रश्नको जवाफमा २१ प्रतिशत मानिसले अहिलेको अवस्थामा परिवर्तन नै नआउने बताएका थिए भने २३ प्रतिशतले त अहिलेको अवस्था भन्दा पनि झनै खराब हुने बताएका थिए ।

पाकिस्तानमा आर्थिक अवस्था बिग्रिँदै गएको बताइएको छ । यसका कारण यहाँको सरकारले पनि आर्थिक सुधारका विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने बताउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक