उत्तर कोरियाद्वारा बलिस्टिक क्षेप्यास्त्र प्रहार



उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । जसकाकारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा सतर्कता अपनाउन चेतावनी दिएको छ भने केही रेल सेवाहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।

सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि प्रहार गरेको यो पहिलो क्षेप्यास्त्र हो । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ ।

अधिकारीहरूका अनुसार उक्त क्षेप्यास्त्र जापानबाट करिब तीन हजार किलोमिटर पर प्रशान्त महासागरमा खसेको थियो र त्यसबाट कोही घाइते भएको विवरण आएको छैन ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उक्त प्रक्षेपणलाई हिंसक व्यवहार भन्दै उक्त कार्यको कडा निन्दा गरेका छन् । पछिल्लो परिस्थितिलाई लिएर जापान सरकारले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ । यो प्रक्षेपण जापान र अमेरिकाको ध्यानाकर्षण गराउनको लागि जानाजान गरेको जस्तो देखिन्छ ।

अहिले अमेरिका र जापानले उत्तर कोरियाली नेता किम जङ अनलाई बेवास्ता गरिरहेका छन् । कुनै पनि पूर्व चेतावनी वा परामर्श विना अन्य देशतर्फ वा माथि क्षेप्यास्त्र उडाउनु अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण उल्लङ्घन हो ।

धेरै देशहरू यस्तो कार्य गर्न पूर्ण रूपमा जोगिन्छन् किनकि यस्तो कार्यले सहजै आक्रमणको रूप लिनसक्छ र उत्तेजना बढाउन सक्छ । अमेरिकाले उत्तर कोरियाको निर्णयलाई दुर्भाग्यपूर्ण भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तरिक्षमा अर्को दुर्लभ घटनाः ताराहरू ब्ल्याक होलमा ठोकिँदा जे देखियो…

ताराहरू एउटा ब्ल्याक होलमा ठोकिँदा अन्तरिक्षमा एउटा असाधारण विस्फोटन भएको वैज्ञानिकहरूले बताएका छन्

युगाण्डालाई इबोला परीक्षण खोपको १२ सय डोज प्राप्त

युगान्डाले इबोला परीक्षण खोपको बाह्र सय मात्रा प्राप्त गरेको छ । युगान्डाका स्वास्थ्यमन्त्री

मस्कोको एउटा सपिङ मलमा भीषण आगलागी

रुसको मस्को क्षेत्रको खिम्की सहरमा रहेको एउटा सपिङ मलमा शुक्रबार आगलागी भएको भएको

मृतकका बुबालाई गोली हान्न लगाएर हत्यारालाई मृत्युदण्ड

अफगानिस्तानमा हत्यामा दोषी ठहर एक अभियुक्तलाई मृतकका बुबालाई गोली हान्न लगाएर सार्वजनिक स्थानमा