बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसंघ महासचिवको चासो



संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सरकारमाथि हस्तक्षेप गरेको भन्दै पहिलेकै अवस्थामा फर्किन उनले बुर्किना फासोको सैनिकलाई आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएका हुन् ।

सेनाका तल्लो तहका अधिकारीहरूले शुक्रबार यसैवर्ष सेनाको बलमा गरिएको सैनिकको विद्रोहमार्फत् सत्तामा आएका सेनाप्रति बफादार मानिएको भनिएका एक नेता (जुन्टा) लाई देशमा जिहादी आक्रमणविरुद्ध लड्न असफल भएको भन्दै पदच्युत गरेका थिए ।

महासचिव गुटरेसले थप शक्ति हत्याउने तथा देशका प्रजातान्त्रिक संरचनाहरु भत्काउने जस्ता कार्य नगर्न र गर्न नदिन यहाँको सेनालाई आग्रह गरेका छन् ।

बुर्किना फासोका सेना प्रमुखले शुक्रबार यहाँका राष्ट्रपति सत्ताच्युत भएको घोषणा गरेका थिए । उनले देशको कार्यकारिणी अधिकार यहाँको सेनासँग रहेको पनि बताएका थिए ।

बुर्किना फासोको सरकारले सत्ता हत्याएको घटनाको युरोपेली सङ्घलगायत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुले विरोध गरेका छन् । उनीहरुले प्रजातान्त्रिक तवरबाट सरकार सञ्चालन गर्ने वातावरण निर्माण गर्न यहाँको सेनालाई आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्रोहीले पकड जमाउँदै गएपछि म्यान्माको सैनिक सरकार संकटमा

म्यान्माको सत्तारूढ जुन्टाले हालैका हप्ताहरूमा सशस्त्र जातीय मिलिशियाहरू सशक्त ढङ्गले प्रतिरोधमा आउँन थालेपछि

सडक सुधारका लागि श्रीलङ्काले एडिबीसँग ६ करोड अमेरिकी डलर ऋण लिने

श्रीलङ्काले सडक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) बाट ६ करोड अमेरिकी डलर

भारतको उत्तराखण्डमा सुरुङभित्र फसेका ४१ मजदूरको १७ दिनपछि यसरी गरियो सकुसल उद्दार

बीबीसी । १७ दिनदेखि भारतको उत्तरकाशीस्थित एउटा निर्माणाधीन सुरुङमा फसेका सबै ४१ जना

श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने

श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने भएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले