श्रीलंकामा मानव र हात्तीको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च



श्रीलङ्काको वन्यजन्तु मन्त्रालयले मानव र हात्तीबीचको द्वन्द्व रोक्न सरकारले पटाकामा वार्षिक ८० लाख अमेरिकी डलर खर्च गर्ने गरेको जनाएको छ ।

कृषि, वन्यजन्तु तथा वन स्रोत संरक्षण मन्त्री महिन्दा अमरवीराले सरकारलाई प्रतिवर्ष कम्तीमा १४ लाख हात्ती रिपेलेन्ट (पटाका) आवश्यक पर्ने बताए । हात्तीले मानव बस्तीमा आक्रमण गर्नुको मुख्य कारण वनक्षेत्रमा गाउँ निर्माण हुनु, हात्ती खुलेआम हिँडडुल गर्नु र जङ्गली हात्तीका लागि खाना र पिउने पानीको अभाव हुनु रहेको उनले बताए ।

लामो समयदेखि जारी द्वन्द्वमा मानव र हात्तीको थप मृत्यु हुन नदिन स्थायी समाधानका लागि कदम चालिएको उनले विश्वास दिलाए । पछिल्लो हात्ती गणनाअनुसार श्रीलङ्कामा हात्तीको सङ्ख्या करिब ६ हजार छ ।

उपलब्ध तथ्याङ्कअनुसार मानव–हात्ती द्वन्द्वका कारण वर्षेनी करिब ३०० हात्तीको मृत्यु हुने गरेको छ भने १०० भन्दा बढी मानिसको ज्यान समेत जाने गरेको छ ।

सन् २०१९ मा मानव–हात्ती द्वन्द्वमा श्रीलङ्कामा सबैभन्दा बढी ४०७ हात्तीको मृत्यु भएको थियो । श्रीलङ्कामा जङ्गली हात्तीको हत्या गर्नु फौजदारी अपराध हो तर आक्रोशित गाउँलेहरूले जनावरलाई विष खुवाएर वा गोली हानेका समाचारहरू बारम्बार आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत