बाढीपछि पाकिस्तानमा डेङ्गुको सङ्क्रमण बढ्दै



यसवर्षको मनसुनी वर्षामा आएको बाढीबाट ठूलो पुगेको क्षति पुगेको पाकिस्तानमा पछिल्ला केही हप्तायता आएर डेङ्गुको प्रकोप थप बढेको छ ।

पाकिस्तानका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको छ । यसअघि मनसुनी वर्षा र बाढीबाट सबैभन्दा बढी प्रभावित देखिएका क्षेत्रमध्येको एक सिन्ध प्रान्तमा डेङ्गुबाट बढी प्रभावित देखिएको छ ।

यस प्रान्तमा डेङ्गुको ज्वरो बढेको र धेरै मानिस अस्पताल भर्ना भएका बताइएको छ । यस प्रान्तमा मात्र डेङ्गुको प्रकोपबाट गएको २४ घन्टा यतामात्र करिब चार सय जना सङ्क्रमित भएका छन् ।

त्यसपछिको सबैभन्दा बढी प्रभावित प्रान्त कराँचीमा पनि गएको २४ घन्टायता यो सङ्क्रमणबाट कम्तीमा पनि तीन सय ३० जना सङ्क्रमित भएका बताइएको छ । सिन्ध प्रान्तको प्रान्तीय स्वास्थ्य विभागका प्रमुखले सिन्ध र कराँचीमा डेङ्गुका कारण सङ्क्रमित मात्र नभएर मृत्यु हुनेहरुको संख्या पनि बढ्दै गएको बताएका छन् ।

यस वर्षको मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका यी प्रान्तमा बाढीका कारण बढेको फोहर र अन्य कारणहरुले गर्दा यहाँ डेङ्गुको ज्वरोको प्रकोप बढेको बताइएको छ । यहाँ अहिलेसम्म आठ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।

पाकिस्तानमा यस वर्षको मनसुनबाट प्रभावित अर्को प्रान्त खैबर पाक्थुन्क्वा हो र यहाँ पनि डेङ्गुको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यसवर्ष मात्र कम्तीमा छ हजार जनामा यो सङ्क्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत