खाद्य सुरक्षा चीनको आधारभूत चासो होः राष्ट्रपति सी



चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले खाद्य सुरक्षालाई निकै महत्व दिएका छन् ।

उनले खाद्य सुरक्षा देशको सबैभन्दा आधारभूत चासो रहेको बताउँदै देश खाद्य सुरक्षामा सजग रहनुपर्ने र स्वदेशी अन्न उत्पादन तथा उत्पादनको क्षमता थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

उनको टिप्पणी छ, ‘खेतबारी अन्न उत्पादनको जीवन रेखा र चिनियाँ राष्ट्रको दिगो विकासको आधार हो । खेतबारी खेतीका लागि हो अन्य प्रयोजनका लागि होइन । खेतीयोग्य जमिनको संरक्षणका लागि सक्दो कडा प्रणाली लागू गर्नुपर्छ ।’

सबै तहका पार्टी समिति र सरकारहरूले कृषि, ग्रामीण क्षेत्र र किसानहरूसम्बन्धी कार्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रमुख नीति, निर्णय र योजनाहरू कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।

कृषि आधुनिकीकरणलाई अगाडि बढाउन विज्ञहरूको मात्र नभई सबै किसानहरूको प्रयास आवश्यक छ । आधुनिक कृषि विज्ञान र प्रविधिको प्रवद्र्धन र प्रयोग र किसानहरूको तालिमलाई बलियो बनाउनुपर्छ र सबै ठूला अन्न उत्पादकहरूले यसमा ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक