न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन



अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ । झण्डै १५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई सेवा गर्दै आएको बोवेरी मिसनले सार्वजनिक गरेको विवरणमा न्युयोर्कका मात्रै ८० हजार मानिसको घर नरहेको देखिएको हो ।

सन् १९३० को दशक पछि पहिलो पटक घरबार विहीन भएकाहरूको सङ्ख्या यति धेरै देखिएको सो संस्थाका अधिकारीहरूले जनाएका छन् ।

न्युयोर्क नगरको सामाजिक सेवा विभागले भने ५५ हजार ३३८ जना मात्रै घरबार विहीन रहेको जनाएको छ । विभागको वेबसाइटमा उल्लेखित ५५ हजार मध्ये १८ हजार भन्दा बढी बालबालिका रहेको उल्लेख गरिएको छ । घरबार विहीन रहेका सबैलाई अहिलेसम्म पनि अस्थायी शिविरमा राखेर सेवा दिइरहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी–अमेरिकी पत्रकार गेसनलाई ८ वर्षको जेल सजाय

  रुसी सेनामाथि युक्रेनमा अपराध गरेको आरोप लगाउने एक रुसी–अमेरिकी पत्रकारलाई सोमबार मस्कोको

रोजगारी कोटालाई लिएर विद्यार्थी समूहबीचको झडपमा बङ्गलादेशमा एक सय जना घाइते

बङ्गलादेशमा प्रतिद्वन्द्वी विद्यार्थीहरूबीच सोमबार भएको झडपमा कम्तीमा एक सय जना घाइते भएको प्रहरीले

ट्रम्पको हत्या प्रयासपछि अमेरिकी सिक्रेट सर्भिस समीक्षाका लागि सहमत

  ठूलो सुरक्षा विफलताका लागि बढ्दो दबाबमा अमेरिकी सिक्रेट सर्भिसले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड

चीनको कूल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि

चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले वृद्धि