युक्रेनको ठूलो बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण, बाढीको खतरा उच्च



दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण भएका कारण त्यहाँको सहरका अधिकारीहरूले बासिन्दाहरूलाई बाढीको खतरा भएकाले अन्यत्र जान भनेका छन् ।

क्रिभी रिहको दुई जिल्लाका करिब २२ वटा बस्तीका मानिसहरू जोखिममा परेका नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले चेतावनी दिएका छन् । बाँध फुटेको ठाउँमा एक सय क्युबिक मिटर प्रति सेकेन्ड (क्युसेक)को गतिमा पानी ओइरिएको र त्यसैका कारण इन्हुलेट्स नदीमा जलस्तर खतरनाक ढङ्गले बढिरहेको उनीहरूले बताएका छन् ।

आफूले गरेका प्रत्याक्रमणको बदलामा रुसले उक्त आक्रमण गरेको युक्रेनले बताएको छ। बुधबार काराचुनिभ्स्के जलाशयमा आक्रमण भएपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई आतङ्कवादी राज्यको संज्ञा दिए ।

उनको सङ्केत पछिल्ला समयमा युक्रेनको तेज प्रत्याक्रमणमा खासगरी उत्तरपूर्वी खार्किभ क्षेत्रमा मिलेको सफलतातर्फ थियो । ती प्रत्याक्रमणमा युक्रेनी सेनाले थुप्रै भूभागमा पुनः नियन्त्रण कायम गरेको र रुसी सेना पछाडि हटेको दाबी गरिएको छ । आफ्नो सम्बोधनमा जेलेन्स्कीले उक्त जलाशयको कुनै सैन्य महत्व नभएको बताए ।

आक्रमणका कारण सहरमा खानेपानी आपूर्ति प्रभावित भएको छ। रुसले फेब्रुअरी २४ मा युक्रेन आक्रमण थाल्नु अघि सो सहरमा ६ लाखभन्दा धेरै जनसङ्ख्या थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी–अमेरिकी पत्रकार गेसनलाई ८ वर्षको जेल सजाय

  रुसी सेनामाथि युक्रेनमा अपराध गरेको आरोप लगाउने एक रुसी–अमेरिकी पत्रकारलाई सोमबार मस्कोको

रोजगारी कोटालाई लिएर विद्यार्थी समूहबीचको झडपमा बङ्गलादेशमा एक सय जना घाइते

बङ्गलादेशमा प्रतिद्वन्द्वी विद्यार्थीहरूबीच सोमबार भएको झडपमा कम्तीमा एक सय जना घाइते भएको प्रहरीले

ट्रम्पको हत्या प्रयासपछि अमेरिकी सिक्रेट सर्भिस समीक्षाका लागि सहमत

  ठूलो सुरक्षा विफलताका लागि बढ्दो दबाबमा अमेरिकी सिक्रेट सर्भिसले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड

चीनको कूल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि

चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले वृद्धि