सिरियाका लागि सहयोग गर्न राष्ट्रसंघ महासचिवको आग्रह



संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्रह गरेका छन् । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् ।

उनले सिरियाका नागरिकलाई जीविकाका लागि नै सहयोग गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग रकम उपलब्ध गराउन माग गरेका हुन् ।

उनले सिरियाली नागरिकको जीवन बचाउने योजनाका लागि संयुक्त राष्ट्रसङ्घले केही कार्यक्रमहरु बनाएको र त्यसका लागि यस वर्षमात्र कम्तीमा पनि चार करोड ४० लाख अमेरिकी डलर रकम चाहिएको बताए ।

सो रकम सिरियाली नागरिकको जीवन बचाउनका लागि अत्यावश्यक पर्ने मानवीय सहयाताका लागि मात्र आवश्यक रहेको उनले जानकारी दिए ।

साथै उनले यसबाहेक पनि सिरियामा बाहिरबाट आएका शरणार्थी तथा सिरियाबाट भागेर बाहिरिएका शरणार्थीहरुका लागि पनि थप ६.१ मिलियन डलर आवश्यक रहेको बताए । यो सबै गरेर सन् २०२२ का लागि मात्र सिरियाका लागि एक करोड ५० अमेरिकी डलर आवश्यक रहेको जानकारी दिए ।

विगत लामो समयदेखिको आन्तरिक विद्रोह तथा यहाँ परेको खडेरी आदि कारणले गर्दा सिरियाको आर्थिक अवस्था निकै नाजुक रहेको र यहाँका बालबालिका समेत कुपोषणको शिकार हुदै गएका भन्दै उनले यस्तो अवस्थामा सिरियाका लागि विशेषतः मानवीय सहयता चाहिएको पनि बैठकमा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी–अमेरिकी पत्रकार गेसनलाई ८ वर्षको जेल सजाय

  रुसी सेनामाथि युक्रेनमा अपराध गरेको आरोप लगाउने एक रुसी–अमेरिकी पत्रकारलाई सोमबार मस्कोको

रोजगारी कोटालाई लिएर विद्यार्थी समूहबीचको झडपमा बङ्गलादेशमा एक सय जना घाइते

बङ्गलादेशमा प्रतिद्वन्द्वी विद्यार्थीहरूबीच सोमबार भएको झडपमा कम्तीमा एक सय जना घाइते भएको प्रहरीले

ट्रम्पको हत्या प्रयासपछि अमेरिकी सिक्रेट सर्भिस समीक्षाका लागि सहमत

  ठूलो सुरक्षा विफलताका लागि बढ्दो दबाबमा अमेरिकी सिक्रेट सर्भिसले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड

चीनको कूल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि

चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले वृद्धि