पुटिन गुटरेसबीच खाद्यान्न निकासीसम्बन्धमा फोनवार्ता



संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ । वार्तामा खासगरी खाद्यान्नको निकासीका विषयमा कुराकानी भएको क्रेमलिनले जनाएको छ । ब्ल्याक सि बन्दरगाहको बाटो भएर युक्रेनी खाद्यान्न निकासी गर्ने विषयमा उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ ।

त्यसैगरी रसियाली खाद्यान्न तथा रासायनिक मलको निकासीका विषयमा पनि सफोनमा कुराकानी भएको बताइएको छ । त्यस अवसरमा महासचिव गुटरेस र रुसी राष्ट्रपति पुटिनकाबीचका रुस युक्रेन पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

त्यस अवसरमा रुसी राष्ट्रपति पुटिनले रुसी कृषि उपजका साथै रुसी विकासी मल र खाद्यान्न आदिको विदेशी बजारमा आपूर्तिका लागि सहज वातावरण निर्माण गरिदिन आग्रह गरेका थिए । यसका लागि आफूले सक्दो प्रयास गर्ने र रुसी खाद्यान्न तथा रासायनिक मल विश्व बजारमा निर्यातका लागि आफूले सहजीकरण गर्ने महासचिव गुटरेसले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खान युनिसमा इजरायली आक्रमणमा कम्तिमा ७१ प्यालेस्टिनीको मृत्यु

गाजाको दक्षिणमा रहेको खान युनिस सहरको मावासी क्षेत्रमा विस्थापित मानिसहरूको शिबिरमा शनिबार इजरायली

डब्ल्यूएचओद्वारा मलावीलाई ९० लाख डलर बराबरको चिकित्सा सामग्री सहयोग

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मलावी सरकारलाई देशका सार्वजनिक अस्पताललाई सहयोग गर्न ९०

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान समर्थित गठबन्धन आरक्षित सिटका लागि योग्य ठहर

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) पार्टी समर्थित

युक्रेनी ड्रोन आक्रमणपछि रूसी इन्धन डिपोमा आगलागी

युक्रेनी ड्रोन आक्रमणपछि रुसको रोस्तोभ क्षेत्रमा शनिबार एउटा इन्धन डिपोमा आगलागी भएको यसका