पाकिस्तानमा स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी



पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी दिएका छन् । जुन महिनाको मध्यदेखि सुरु भएको बाढीका कारण हालसम्म करिब १५०० जनाको मृत्यु र ३३ लाख मानिस प्रभावित भएका छन् ।

देशका विभिन्न भागहरूमा बाढी पीडितको उद्धार र निकासीको प्रयास जारी रहँदा त्यहाँका स्वास्थ्य विज्ञहरूले डेङ्गी, औलो र गम्भीर ग्यास्ट्रिक सङ्क्रमण दर बढेको विवरणहरू दिएका छन् ।

अधिकांश विस्थापित मानिसहरू जमेको पानीको छेउछाउमा आश्रय लिइरहेका छन्। उनीहरूमध्ये केहीको डेङ्गी ज्वरोका कारण निधन भइसकेको छ र हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

दक्षिणी सिन्ध प्रान्तका स्वास्थ्य अधिकारीहरूले करिब ३ हजार ८३० मानिसहरूमा डेङ्गीको ज्वरो आएको विवरण पेस गरेका छन्।

उनीहरूमध्ये कम्तीमा नौ जनाको मृत्यु भएको छ। तर यो अनुमान मात्र हुन सक्ने चिन्ताहरू व्यक्त गरिएका छन् । बाढी आएको दुई महिनाभन्दा लामो समय बित्दा पनि पाकिस्तानभरि हजारौँ गाउँहरू अझै डुबानमा छन्। जसका कारण असङ्ख्य परिवारहरू विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जबरजस्ती परिवार नियोजन गरिएका पीडितहरूसँग माफी माग्दै जापानी प्रधानमन्त्री

जापानका प्रधानमन्त्रीले बुधबार सन् १९४८ देखि १९९६ को बीचमा हाल निष्क्रिय यूजेनिक्स कानुनअन्तर्गत

चिनियाँ युवा बेरोजगारी दरमा सुधार

चीनको अनिश्चित आर्थिक दृष्टिकोणबारे छलफल गर्न नीति निर्माताद्वारा बेइजिङमा बोलाएको बैठक पछि जून

एडिबीद्वारा भारतको सौर्य प्रणाली कोषका लागि २४०.५ मिलियन डलर ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबी) ले भारतमा छतमा सौर्य प्रणली (रूफटप सोलर सिस्टम) को

नयाँ इजरायली लक्ष्यमा आक्रमण गर्ने हजबुल्लाहको चेतावनी

हजबुल्लाहका नेता हसन नसरूल्लाहले इजरायलले लेबनानमा थप नागरिक लक्षित आक्रमण गरेमा आफ्नो इरान