थाइल्याण्डका प्रधानमन्त्रीको कार्यकाल सेप्टेम्बर ३० सम्म मात्रै



थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चानको कार्यकाल सेप्टेम्बर ३० सम्म मात्रै रहने फैसला भएको छ । थाइल्याण्डको संवैधानिक अदालतले उहाँको कार्यकाल सेप्टेम्बर ३० मा सकिने फैसला बुधबार गरेको हो । सोही अदालतले उहाँलाई यसअघि निलम्बन गर्ने फैसला गरेको थियो ।

निलम्बन गर्ने फैसला गर्दा नौ न्यायाधीशमध्ये पाँच न्यायाधीश निलम्बनको पक्षमा थिए । उनको कार्यकालका बारेमा विपक्षी दलहरुले मुद्दा दिएपछि प्रधानमन्त्रीको कार्यकालका बारेमा विवाद रहेको थियो । थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि उनी प्रधानमन्त्री छन् ।

उनले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागिता बढाएर आफू बलियो भएर सत्ता टिकाएका हुन् । संसदमा सैन्य सहभागिताको व्यवस्था गरेर सन् २०१९ मा निर्वाचन गराएर बहुमत पुर्याएका थिए ।

विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ को अगस्टदेखि नै गणना गर्नुपर्ने दाबी गरेका थिए भने प्रधानमन्त्री प्रयुत र सत्तारुढ दलले सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उनको कार्यकाल गणना हुने तर्क गरेका थिए ।

कु गरेर निर्वाचन अगाडिसम्मको कार्यकाललाई अन्तरिम कार्यकाल मान्नु पर्ने प्रधानमन्त्री पक्षधरको दाबी थियो । तर अदालतले भने उनीहरुको दाबी विपरित फैसला गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिङ्गापुरमा घट्दै जन्मदर

परिवारमा एक्लै बस्ने वृद्ध सिङ्गापुरका बासिन्दाहरूको सङ्ख्या सन् २०१३ मा ३५ हजार एक

कुवेत आयल कम्पनीद्वारा महत्त्वपूर्ण तेल, ग्यास खोजको घोषणा

कुवेत आयल कम्पनी (केओसी) ले कुवेतको आर्थिक जलक्षेत्रमा रहेको फैलाका टापुको पूर्वमा रहेको

सुडानी सेनाको कारबाहीमा खार्तुममा एक सयभन्दा बढी अर्धसैनिकको मृत्यु

सुडानी सशस्त्र बल (एसएएफ) ले राजधानी खार्तुममा अपरेशनका क्रममा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स

रुसी–अमेरिकी पत्रकार गेसनलाई ८ वर्षको जेल सजाय

  रुसी सेनामाथि युक्रेनमा अपराध गरेको आरोप लगाउने एक रुसी–अमेरिकी पत्रकारलाई सोमबार मस्कोको