युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार विस्थापित



युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजार भन्दा बढी मानिसहरूलाई विस्थापित गरिएको युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरुको पुनर्मिलन मन्त्रालयले जनाएको छ ।

विशेषगरी अनिवार्य रुपमा विस्थापित गराउन पर्ने पूर्वी डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब १६ हजार नागरिकहरुलाई हटाइएको मन्त्रालयले जानकारी दिएको छ ।

यसका साथै दक्षिणी युक्रेनको खेरसन र जापोरिज्जिया क्षेत्रका रुस नियन्त्रित क्षेत्रबाट ५० हजार मानिसलाई किभ नियन्त्रित क्षेत्रमा सारिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले अनिवार्य निकासीलाई अन्य द्वन्द्वग्रस्त क्षेत्रहरूमा विस्तार गर्न सकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिङ्गापुरमा घट्दै जन्मदर

परिवारमा एक्लै बस्ने वृद्ध सिङ्गापुरका बासिन्दाहरूको सङ्ख्या सन् २०१३ मा ३५ हजार एक

कुवेत आयल कम्पनीद्वारा महत्त्वपूर्ण तेल, ग्यास खोजको घोषणा

कुवेत आयल कम्पनी (केओसी) ले कुवेतको आर्थिक जलक्षेत्रमा रहेको फैलाका टापुको पूर्वमा रहेको

सुडानी सेनाको कारबाहीमा खार्तुममा एक सयभन्दा बढी अर्धसैनिकको मृत्यु

सुडानी सशस्त्र बल (एसएएफ) ले राजधानी खार्तुममा अपरेशनका क्रममा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स

रुसी–अमेरिकी पत्रकार गेसनलाई ८ वर्षको जेल सजाय

  रुसी सेनामाथि युक्रेनमा अपराध गरेको आरोप लगाउने एक रुसी–अमेरिकी पत्रकारलाई सोमबार मस्कोको