रुसबाट ६ हजार वर्गकिलोमिटर क्षेत्र फिर्ता लिएको युक्रेनको दाबी



युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अहिले जारी प्रत्याक्रमणका कारण युक्रेनी सेनाले रुसी सेनाबाट थप क्षेत्र आफ्नो कब्जामा लिन सकेको दाबी गरेका छन् ।

उनका अनुसार सेनाले सेप्टेम्बरयता युक्रेनको पूर्व र दक्षिणमा रुसी नियन्त्रणमा रहेका ६ हजार वर्ग किलोमिटर भन्दा बढी क्षेत्र फिर्ता लिइएको हो । रुसले उत्तर–पूर्वी खार्किभ क्षेत्रका प्रमुख सहरहरू गुमाएको स्वीकार गरेको छ जसलाई केही सैन्य विज्ञहरूले युद्धको उल्लेख्य घटनाक्रमका रूपमा हेरेका छन् ।

मस्कोले युक्रेनको पूर्वमा रहेको लुहान्स्क र डोनेट्स्क क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यले आफ्नो सेना पुनः सङ्गठित हुनका लागि फिर्ता गरेको बताएको छ ।

तर उक्त दाबीलाई रुसमा समेत हाँसोको विषय बनाइएको छ । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले सेनाको फिर्तीलाई लज्जास्पद भनेर व्याख्या गरेका छन् । बीबीसीसँग कुरा गर्दै, अमेरिकास्थित थिङ्क ट्याङ्क द इन्स्टिच्युट फर द स्टडी अफ वार (आईएसडब्लू)का मेसन क्लार्कले त्यो रुसी सेनाहरूको सम्पूर्ण हार भएको बताएका छन् ।

त्यहाँ उनीहरूले थुप्रै उपकरणहरू छोड्न बाध्य भएका छन् । जेलेन्स्कीले जवाफी आक्रमणमा संलग्न युक्रेनका धेरै ब्रिगेडहरूलाई धन्यवाद दिए र उनीहरूका लडाकुहरूलाई सच्चा नायकको सङ्ज्ञा दिए ।

उनले कुनकुन युक्रेनी सहर तथा गाउँहरू रुसी नियन्त्रणबाट मुक्त गरिएको हो भन्नेबारे कुनै जानकारी दिएनन् । रुसले यसअघि आफ्नो सेनाले खार्किभ क्षेत्रका प्रमुख सहरहरू बालाक्लिया, इज्युम र कुपियान्स्क छोडेको स्वीकार गरेको थियो। रुसले अहिले यस क्षेत्रको सानो पूर्वी भाग मात्र नियन्त्रणमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्वेषकद्वारा प्यान्क्रियाटिक क्यान्सर रोगीहरूमा गम्भीर पीडा कम गर्न गैर–आक्रमणकारी विधि विकास

  इजरायली अन्वेषकहरूले प्यान्क्रियाटिक क्यान्सरका बिरामीहरूमा गम्भीर पीडा कम गर्न र उनीहरूको जीवनको

शिशु बेचबिखन मुद्दामा सिबिआईद्वारा नौ जनाविरुद्ध मुद्दा दायर

  केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले नवजात शिशुहरूको बेचबिखन र खरिदको कथित मुद्दामा

विश्व बैङ्क, एफएओद्वारा दक्षिण सुडानमा जलवायु लचिलोपन परियोजना सुरु

विश्व बैङ्क र संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले बाढी

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड

युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली सङ्घ (इयू)