इराकमा भएको हवाई आक्रमणमा ११ आईएस लडाकुको मृत्यु



पश्चिम र पूर्वी इराकमा भएको हवाई आक्रमणमा परी इस्लामिक स्टेट्स (आईएस) का ११ लडाकु मारिएका इराकी सेनाले जनाएको छ ।
इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएको हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात आतङ्ककारीको मृत्यु भएको र आतङ्ककारी लुकेको एक स्थान ध्वस्त भएको सेना जारी गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।

इराकको पूर्वी प्रान्त दियालामा आईएसको लुकेको स्थानलाई लक्षितगरी भएको दुईवटा हवाई आक्रमणमा परी आतङ्ककारी मारिएका बताइएको छ ।

आइएस लुकेको ठाउँमा खोजी गर्ने क्रममा सशस्त्र बलहरुसँगको भिडन्तमा अर्को एक आईएस लडाकू मारिएका छन् । सेनाले तीनवटा मोटरसाइकल, विस्फोटक पदार्थ नष्ट गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 बाइडेनलाई चुनावी प्रतिस्पर्धा नगर्न दबाब

  डोनाल्ड ट्रम्पविरुद्ध आफ्नो विनाशकारी बहस प्रदर्शनपछि प्रतिस्पर्धा नगर्न आफ्ना पार्टीका केही आह्वानलाई

आसाममा प्रहरी कारबाहीमा तीन विद्रोहीको मृत्यु

उत्तरपूर्वी राज्य असममा प्रहरीसँगको गोली हानाहानमा कम्तीमा तीन आतङ्ककारीको मृत्यु भएको अधिकारीहरूले बताएका

इजरायली बमबारीबाट गाजामा नौ प्यालेस्टिनीको मृत्यु, दर्जनौँ घाइते

गाजा शहरमा विस्थापितहरूको एक विद्यालयको आवासको गेटमा भएको इजरायली बमबारीमा कम्तीमा नौ प्यालेस्टिनीको

जबरजस्ती परिवार नियोजन गरिएका पीडितहरूसँग माफी माग्दै जापानी प्रधानमन्त्री

जापानका प्रधानमन्त्रीले बुधबार सन् १९४८ देखि १९९६ को बीचमा हाल निष्क्रिय यूजेनिक्स कानुनअन्तर्गत