पाकिस्तानमा बाढी प्रभावित क्षेत्रमा सहायताको अभावमा गर्भवती महिलाको मृत्यु



बाढी प्रभावित पाकिस्तानको खैरपु्र जिल्लामा समयमै चिकित्सा सहायता र राहत सामग्रीको अभावमा एक आमा र उनको गर्भमा रहेको बच्चाको मृत्यु भएको छ । सडकमा बाढीको पानीका कारण महिलालाई अस्पताल पुर्याउन नसक्दा खैरपुर जिल्लाको अकारी गाउँमा उक्त घटना भएको एआरवाई समाचारले जनाएको छ ।

हालै, संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोष (युएनएफपिए) ले पनि पाकिस्तानमा बाढी प्रभावित क्षेत्रहरूमा करिब छ लाख ५० हजार गर्भवती महिलाहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन चिन्ता व्यक्त गरेको छ ।

अर्को महिना सुत्केरी हुने अनुमान गरिएका ७३ हजार महिलाहरूलाई दक्ष स्वास्थ्यकर्मीलगायत नवजात शिशुको हेरचाह र सहयोगको आवश्यकता पर्ने संयुक्त राष्ट्रसङ्घ एजेन्सीले थप जानकारी दिएको एआरवाई समाचारले जनाएको छ ।

पाकिस्तानमा विनाशकारी बाढीकाबीच, महिलाहरु र उनीकोहरुको आवश्यकताहरु कठिडनाईमा परेको छ । तिनीहरूमध्ये धेरै खुला आकाशमुनि बस्न बाध्य भएका छन् । अचानक आएको बाढीले देशका ८० जिल्लालाई नराम्ररी प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको ज्यान गएपछि पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या करिब १२ सय पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खान युनिसमा इजरायली आक्रमणमा कम्तिमा ७१ प्यालेस्टिनीको मृत्यु

गाजाको दक्षिणमा रहेको खान युनिस सहरको मावासी क्षेत्रमा विस्थापित मानिसहरूको शिबिरमा शनिबार इजरायली

डब्ल्यूएचओद्वारा मलावीलाई ९० लाख डलर बराबरको चिकित्सा सामग्री सहयोग

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मलावी सरकारलाई देशका सार्वजनिक अस्पताललाई सहयोग गर्न ९०

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान समर्थित गठबन्धन आरक्षित सिटका लागि योग्य ठहर

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) पार्टी समर्थित

युक्रेनी ड्रोन आक्रमणपछि रूसी इन्धन डिपोमा आगलागी

युक्रेनी ड्रोन आक्रमणपछि रुसको रोस्तोभ क्षेत्रमा शनिबार एउटा इन्धन डिपोमा आगलागी भएको यसका