मेक्सिकोमा सवारी दुर्घटनामा १८ जनाको मृत्यु



उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । बस क्यास्टानुएलास टुर्स कम्पनीको रहेको जनाइएको छ ।

हुजुटला नगरपालिकाबाट जाँदै गर्दा हिडाल्गो नगरपालिकानजिकै भिक्टोरिया–मोन्टेरी राजमार्गमबाट ६७ किलोमिटर टाढा दुर्घटना भएको हो ।
दुर्घटनापछि ट्रकका चालक फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटनाको अनुसन्धान गर्न राजमार्ग बन्द गरिएको छ ।

राष्ट्रिय सार्वजनिक सुरक्षा प्रणालीका अनुसार यस वर्षको जनवरीदेखि जुलाईसम्म मेक्सिकोमा सवारी दुर्घटनामा ९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खान युनिसमा इजरायली आक्रमणमा कम्तिमा ७१ प्यालेस्टिनीको मृत्यु

गाजाको दक्षिणमा रहेको खान युनिस सहरको मावासी क्षेत्रमा विस्थापित मानिसहरूको शिबिरमा शनिबार इजरायली

डब्ल्यूएचओद्वारा मलावीलाई ९० लाख डलर बराबरको चिकित्सा सामग्री सहयोग

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मलावी सरकारलाई देशका सार्वजनिक अस्पताललाई सहयोग गर्न ९०

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान समर्थित गठबन्धन आरक्षित सिटका लागि योग्य ठहर

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) पार्टी समर्थित

युक्रेनी ड्रोन आक्रमणपछि रूसी इन्धन डिपोमा आगलागी

युक्रेनी ड्रोन आक्रमणपछि रुसको रोस्तोभ क्षेत्रमा शनिबार एउटा इन्धन डिपोमा आगलागी भएको यसका