राष्ट्रपति बाइडेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने



अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने बताएका हुन् ।

बेलायतका राजा चाल्र्स तृतीयसँग आफूले हालसम्म कुराकानी नगरेको उनले बताए । ‘ म उहाँलाई चिन्छु तर उहाँसँग कुरा गरेको छैन । मैले उहाँलाई अहिलेसम्म फोन पनि गरेको छैन,’ ओहायोको कोलम्बसमा एयर फोर्स वानमा सवार हुनुअघि उनले पत्रकारहरूसँग भने।

राष्ट्रपतिसँग औपचारिक प्रतिनिधिमण्डल पनि लण्डन जाने सम्भावना रहेको अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ । शुक्रबार राष्ट्रपतिले पत्नी जिल बाइडेनका साथ यहाँस्थित ब्रिटिस दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिङ्गापुरमा घट्दै जन्मदर

परिवारमा एक्लै बस्ने वृद्ध सिङ्गापुरका बासिन्दाहरूको सङ्ख्या सन् २०१३ मा ३५ हजार एक

कुवेत आयल कम्पनीद्वारा महत्त्वपूर्ण तेल, ग्यास खोजको घोषणा

कुवेत आयल कम्पनी (केओसी) ले कुवेतको आर्थिक जलक्षेत्रमा रहेको फैलाका टापुको पूर्वमा रहेको

सुडानी सेनाको कारबाहीमा खार्तुममा एक सयभन्दा बढी अर्धसैनिकको मृत्यु

सुडानी सशस्त्र बल (एसएएफ) ले राजधानी खार्तुममा अपरेशनका क्रममा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स

रुसी–अमेरिकी पत्रकार गेसनलाई ८ वर्षको जेल सजाय

  रुसी सेनामाथि युक्रेनमा अपराध गरेको आरोप लगाउने एक रुसी–अमेरिकी पत्रकारलाई सोमबार मस्कोको