उत्तर कोरियामा नोभेम्बरबाट कोरोनाविरुद्ध खोप अभियान सुरु हुने



उत्तर कोरियाले आगामी नोभेम्बरमा कोभिड–१९ विरुद्ध आफ्ना जनतालाई खोप दिने घोषणा गरेको छ । राज्यले भाइरसमाथि विजय भएको घोषणा गरेको करिब एक महिनापछि शुक्रबार राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले उक्त घोषणा भएको जनाएको हो ।

विश्वको मानचित्रबाट नै पृथक रहेको भान हुने उत्तर कोरियाले महामारी सुरु भएदेखि पहिलो पटक आधिकारिक रुपमा खोपको लागि आफ्नो योजना घोषणा गरेको छ ।

‘जिम्मेवार खोप प्रशासनको साथसाथै, हामीले नोभेम्बरदेखि सबै नागरिकहरूले आफ्नो स्वास्थ्यको रक्षा गर्न मास्क लगाउन सिफारिस गर्नुपर्छ’ नेता किम जोङ उनले भनेको प्योङयाङको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसिएनए) ले जनाएको छ ।

केसिएनएले शुक्रबारको जारी गरेको प्रतिवेदनमा खोपहरु कहाँबाट आएको हो भन्ने विस्तृत विवरण नदिएको उल्लेख गरिएको छ । साइड इफेक्टको चिन्ताका कारण विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स् योजनाद्वारा व्यवस्था गरिएको एस्ट्राजेनिका खोप योजनाबद्ध ढुवानीलाई गत वर्ष सरकारले अस्वीकार गरेको थियो ।

महामारीको सुरुवातदेखि नै कडा नाकाबन्दी कायम गर्ने यस राष्ट्रको राजधानी प्योङयाङमा करिब चार महिना अगाडी नै ओमिक्रोन भेरियन्टको प्रकोप पुष्टि भएको थियो ।

यस प्रकोपको क्रममा नेता किमसमेत बिरामी पर्नु भएको थियो । गत महिना भाइरसमाथि विजयको घोषणा गरेको र आधिकारिक रुपमा दर्ता भएका केसहरु शून्यमा झरेको बताइएको थियो ।

उत्तर कोरियाले आफ्ना दुई करोड २० लाख जनसङ्ख्या मध्ये कसैलाई पनि खोप नलगाएको विश्वास गरिएको छ । सोलको एनके न्यूजले प्योङयाङले आफ्नो प्रमुख सहयोगी चीनबाट केही खोप प्राप्त गरेको हुन सक्ने जनाएको छ । उत्तर कोरियाले कोभिड बिरामीहरुलाई ज्वरोका बिरामी बताउने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी–अमेरिकी पत्रकार गेसनलाई ८ वर्षको जेल सजाय

  रुसी सेनामाथि युक्रेनमा अपराध गरेको आरोप लगाउने एक रुसी–अमेरिकी पत्रकारलाई सोमबार मस्कोको

रोजगारी कोटालाई लिएर विद्यार्थी समूहबीचको झडपमा बङ्गलादेशमा एक सय जना घाइते

बङ्गलादेशमा प्रतिद्वन्द्वी विद्यार्थीहरूबीच सोमबार भएको झडपमा कम्तीमा एक सय जना घाइते भएको प्रहरीले

ट्रम्पको हत्या प्रयासपछि अमेरिकी सिक्रेट सर्भिस समीक्षाका लागि सहमत

  ठूलो सुरक्षा विफलताका लागि बढ्दो दबाबमा अमेरिकी सिक्रेट सर्भिसले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड

चीनको कूल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि

चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले वृद्धि