सार्वभौमिकताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चीनको चेतावनी



चीनले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चेतावनी दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चीनको दृढ सङ्कल्पलाई गलत नबुझ्न अमेरिकी पक्षलाई चेतावनी दिएका हुन् ।

पूर्वी एसियाली तथा प्रशान्त क्षेत्रमामिला अमेरिकी सहायक विदेशमन्त्री डेनियल क्रिटेनब्रिंकले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति चीनको प्रतिक्रियाबारे लगाएको आरोपको जवाफमा वाङले उक्त कुरा बताएका हुन् ।

‘पेलोसीको चीनको ताइवान क्षेत्रको उत्तेजक भ्रमणबारे सन्दर्भ, कारण र घटनाक्रम स्पष्ट छ,’ वाङले भने । उनले भने, ‘संयुक्त राज्य अमेरिका एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धताबाट पछि हटेको छ र चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाएको छ । चिनियाँहरू अलास्काको ‘स्वतन्त्रता’लाई समर्थन गर्न संयुक्त राज्य अमेरिका गएका नभइ अमेरिकी नेताहरू ‘ताइवान स्वतन्त्रता’को नाममा ताइवानी पृथकतावादी गतिविधिलाई समर्थन गर्न ताइवान गएको भन्ने बिषय सबैसामु छर्लङ्ग छ ।’

अमेरिकी उक्साहटविरूद्ध चीनको कडा प्रतिक्रिया तर्कसङ्गत, कानुनसम्मत र न्यायोचित रहेको र यसलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रुपमा बुझेको र समर्थन गरेको वाङले बताए ।

जिम्मेवारीबाट पन्छिनु र आरोपबाट पन्छिनु र समस्यालाई थप संकटतर्फ लानुको सट्टा अमेरिकी पक्षका लागि समस्याको एक मात्र समाधान चीन–अमेरिका सम्बन्धमा चीन र अमेरिकाले जारी गरेका तीन संयुक्त विज्ञप्तिको पालना गर्नु र एक चीन नीतिप्रति प्रतिवद्ध हुनु हो ।

वाङले भने, ‘हामी हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न दृढ सङ्कल्पित छौं । हामी अमेरिकी पक्षलाई यस विषयमा गलत अनुमान नगर्न आग्रह गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

  क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको

विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

    विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री

इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध