बाढीमा परी सुडानमा ७५ जनाको मृत्यु



सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । वर्षाका कारण यहाँ मङ्गलबार रातिसम्ममा कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ ।

केही दिनदेखि जारी रहेको वर्षा र त्यसपछि आएको बाढीमा परेर यहाँका १२ हजार पाँच सय ५१ घर ध्वस्त भएका छन् भने २० हजार भन्दा बढी घरमा बस्न नहुनेगरी क्षति पुगेको बताइएको छ ।

नेशनल काउन्सिल फर सिभिल डिफेन्सले दिएको जानकारीअनुसार वर्षा जारी रहेकाले बाढीको खतरा अझै टरेको छैन । काउन्सिलले प्रकाशन गरेको विज्ञप्तिमा बाढीमा परी ३० व्यक्ति घाइते भएका छन् भने अरु केही हराइरहेका उल्लेख छ ।

उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको समाचारहरुमा जनाइएको छ । यसअघि आएका केही समाचारहरुमा सो राज्यमा सबैभन्दा धेरै व्यक्तिको निधन भएको छ ।

उत्तरी र मध्य सुडानमा वर्षाले क्षति पु¥याएको छ । यहाँको सयौँ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ । सरकारले यहाँका प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरु परिचालन गरेको छ । वर्षा गत हप्तादेखि नै जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलंकामा मानव र हात्तीको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च

श्रीलङ्काको वन्यजन्तु मन्त्रालयले मानव र हात्तीबीचको द्वन्द्व रोक्न सरकारले पटाकामा वार्षिक ८० लाख

उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी हुँदा १७ जनाको मृत्यु

उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन

एपल कम्पनीद्वारा भारतमा आईफोन १४ को उत्पादन सुरु, के अब सस्तो होला त मूल्य ?

प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको बताएको छ । उसले

बुर्किनाफासोमा विद्रोहीको आक्रमणमा परी ११ सैनिकको मृत्यु, पचास सर्वसाधारण बेपत्ता

उत्तरी बुर्किना फासोमा सोमबार भएको आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको