बाढी पहिरोमा परी अफगानिस्तानमा १७ जनाको मृत्यु



अफगानिस्तानमा आएको बाढी पहिरोका कारण कम्तीमा सत्र जनाको मृत्यु भएको छ ।देशको शिनवारी र सियागुर्ड जिल्लामा आइतबार आएको बाढी पहिरोका कारण मानवीय र भौतिक क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

शिनवारीका जिल्ला प्रमुख मुल्लाह खान मोहम्मदले सोमबार दिएको जानकारीअनुसार आइतबार बेलुका अत्यधिक बर्षापछि बाढी पहिरो आएको हो । मृत्यु भएका मध्ये शिनवारीका १३ जना र छिमेकी जिल्ला सियागुर्डका चार जना रहेको पनि उनले बताए । बाढी पहिरोका कारण अरु पनि कतिपय गाउँलेहरु बेपत्ता भएको बताइएको छ ।

यस बारेमा थप विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जनाएका छन् । बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको र त्यसका लागि उद्धारकर्ता तथा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

बाढी पहिरोका कारण मृत्यु भएका, बेपत्ता भएका, घाइते भएका र क्षति भएकाको विवरण स्पष्ट भइनसकेको सरकारी अधिकारीहरुको भनाई छ । गत महिना मात्रै अफगानिस्तानमा बाढी पहिरोका कारण २०० भन्दा बढीको मृत्यु भएको र धेरै भौतिक संरचनामा क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिकित्सातर्फको नोबेल पुरस्कार स्वीडेनका स्वान्टे पाबोलाई

स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि

पाकिस्तानमा बाढीबाट करिब १७ सयको मृत्यु

पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान

पपुवा न्यु गिनीमा लगिङ क्याम्पमा हतियारधारी समूहको आक्रमण, तीन जनाको मृत्यु

पपुवा न्यू गिनीको बोगेनभिल टापुमा रहेको लगिङ क्याम्पमा भारी हतियारधारी समूहले गरेको आक्रमणमा

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । इस्लामावादको एक स्थानीय