इथियोपियाको टिगरेमा चार हजार भन्दा बढी ट्रकद्वारा मानवीय सहायता आपूर्ति



इथियोपियाको समस्याग्रस्त क्षेत्र टिगरेमा संयुक्त राष्ट्रसङ्घसहित अन्य दाताहरुले गरेको सहयोग चार हजार सात सय ६५ वटा ट्रकले पुर्याएका छन् । गएको अप्रिलदेखियता यो सहयोग उक्त क्षेत्रमा प्रवेश गरेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी, युएनएचसिआरले जनाएको छ ।

शरणार्थीसम्बन्धी इथियोयिाको द्वन्द्वग्रस्त टिगरे क्षेत्रमा केही वर्षयतादेखि नै खाद्यान्न लगायतको मानवीय सहयताको नै समस्या पर्ने गरेको छ । द्वन्द्व तथा खडेरीले यहाँ खाद्यान्न उत्पादन हुन छोडेको छ । यसका कारण यहाँका नागरिकलाई औषधि, पानी मात्र नभएर खाद्यान्नकै समस्या पर्ने गरेको सो निकायले जनाएको छ ।

साथै अहिले पनि सो क्षेत्रमा मानवीय सहायताको आपूर्तिको व्यवस्था भइरहेको भन्दै उक्त एजेन्सीले आवश्यक सहयोगको लागि आग्रह पनि गरेको छ । टिगरे क्षेत्रका विद्रोहीहरुले सुरुमा विदेशी सहायता एजेन्सीहरुलाई राहत प्रदान गर्न जान पनि दिएका थिएनन् । अहिले संयुक्त राष्ट्रसंघको आह्वानमा सहायता पुर्याउने गरिएको एजेन्सीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम