इथियोपियाका दुई करोडभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो



इथियोपियाका दुई करोडभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्टसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय एजेन्सी, ओचाले दुई करोडभन्दा बढी इथियोपियालीलाई मानवीय सहायताको खाँचो रहेको पाइएको बताएको हो ।

सन् २०२२ मा यी इथियोपियालीलाई उक्त सहयोग आवश्यक रहेको पनि बताइएको छ । यसरी सहायताको आवश्यकता परेका मानिसहरुमध्ये कम्तीमा पनि दुई तिहाई जति महिला तथा बालबालिका रहेका छन् ।

सन् २०२१ मा इथियोपियाको मानवीय अवस्था निकै खस्किँदो रहेकाले मानवीय सहायताको खाँचो यस वर्ष झन् धेरैलाई परेको सो एजेन्सीले बताएको छ ।यहाँ आन्तरिक द्वन्द्व, खडेरी तथा कतै बाढी पहिरोका कारण यहाँका नागरिकमा मानवीय सहायताको खाँचो बढ्दै गएको पाइएको ओचाले जनाएको छ ।

केही वर्षदेखि यहाँ आन्तरिक द्वन्द्व जारी रहेको छ । त्यस्तै खडेरी आदिका कारण पनि यहाँ खेती उब्जनीमा समस्या परेको छ । जसका कारण मानवीय सहायताको खाँचो झन् बढ्दै गएको पाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ