रुसी आक्रमणमा युक्रेनमा दुई बालबालिकासहित १८ जनाको मृत्यु



युक्रेनको बन्दरगाह शहर ओडेसको आवासीय क्षेत्रमा शुक्रबार बिहान रूसी सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा परी दुईजना बालबालिकासहित १८ जना मारिएका छन् । रूसी क्षेप्यास्त्रको निशानामा आवासीय बहुतले भवन र मनोरञ्जन क्षेत्र परेका युक्रेनी अधिकारीहरूले बताएका छन् ।

आक्रमणमा परी ३० जना घाइते भएका छन् । आक्रणको दृश्यमा जलेका भवनका अवशेष देखिएको छ । युक्रेनी सेनाले आक्रमणकारीहरूलाई भगाएको दाबी गरेको छ । युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा युरोपेली देशमा इन्धन आपूर्ति प्रभावित भएको छ भने खाद्य सङ्कटको चुनौती थपिएको छ ।

गत सोमबार किएभस्थित किनमेल घरमा भएको भीषण आक्रमणलाई लिएर युक्रेनले रूसमाथि युद्ध अपराधको आरोप लगाएको छ । एकहजारभन्दा बढी सर्वसाधारण किनमेलमा व्यस्त भएका बेला गैरसैनिक क्षेत्रमा रूसी फौजले गरेको आक्रमणको युक्रेनी राष्ट्रपतिले निन्दा गरेका थिए ।

पाँच महिनाअघि नै राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरिएको ‘विशेष सैन्य कारबाही’ उसको भूमि कब्जाका निम्ति नभइ सैन्य सामथ्र्य र हतियार भण्डार नष्ट गर्ने उद्देश्य भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने पक्का

अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुवै नेताले अमेरिकी राष्ट्रपतिका लागि

जापानमा निसानले सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्ने

निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको

ग्रीसले आर्मेनिया–अजरबैजान बीचको शान्ति प्रयासलाई समर्थन गर्ने

ग्रीसले आर्मेनिया र अजरबैजान बीचको शान्ति सन्धिका लागि गरिने सबै कूटनीतिक प्रयासहरूलाई समर्थन

पश्चिमले युक्रेनमा सेना पठाएमा रुस–नेटो भीडन्त हुन क्रेमलिनको चेतावनी

पश्चिमी राष्ट्रहरूले युक्रेनमा सेना पठाउने निर्णय गरेमा रुस र उत्तर एट्लान्टिक सन्धि सङ्गठन