युक्रेनलाई रुससँग लड्न मासिक पाँच अर्ब डलर आवश्यक



युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का नेताहरूलाई बताएका छन् । स्पेनमा भइरहेको उक्त सैन्य गठबन्धनको महत्वपूर्ण शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले युक्रेनलाई आधुनिक हातहतियार अतिआवश्यक रहेको बताएका हुन् ।

जेलेन्स्कीले भ्लादिमिर पुटिनको हमला युक्रेनमा मात्र सीमित नहुने चेतावनी पनि दिए । उनले उक्त युद्धलाई भविष्यको विश्व व्यवस्थाका लागि लडिएको लडाइँ भनेका छन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले पुटिनले शान्ति भङ्ग गरेकाले अमेरिकाले युरोपभरि आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने घोषणा गरेका थिए ।

नेटो प्रमुख येन्स स्टोल्टनबर्गले शीतयुद्धको अन्त्यपछि गठबन्धनमा सबैभन्दा ठूलो फेरबदल हुने बताए । उनले रुसी राष्ट्रपति पुटिनलाई चेतावनी दिँदै युक्रेनमा उनको आक्रमणले उनले चाहेको भन्दा विपरीत नतिजा हासिल गरेको बताए ।

यसैबीच नेटोले स्वीडेन र फिनल्यान्डलाई चाँडो प्रक्रियाद्वारा सदस्यता दिने सम्झौतासम्बन्धी विवरण प्रकाशित गरेको छ । योसँगै ती दुई देशहरूले दशकौँदेखि अपनाउँदै आएको सैन्य तटस्थताको नीति अन्त्य भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतद्वारा ओमिक्रोन उपचारका लागि मोडर्नाको नयाँ खोपलाई अनुमति

बेलायतको औषधि नियामक निकायले सोमबार कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई उपचार प्रयोगका लागि

अर्मेनियाको किनमेल केन्द्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता

आर्मेनियाको राजधानी येरेभानको एक बजारमा भएको ठूलो विस्फोटमा कम्तिमा छ जनाको मृत्यु भएको

बाढी पहिरोमा परी अफगानिस्तानमा १७ जनाको मृत्यु

अफगानिस्तानमा आएको बाढी पहिरोका कारण कम्तीमा सत्र जनाको मृत्यु भएको छ ।देशको शिनवारी

भीषण वर्षापछि आएको बाढीमा परी सुडानमा ५२ जनाको मृत्यु

सुडानमा भिषण वर्षा भएको छ । वर्षाको कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२