सिरियामा सेनाको बसमा बम आक्रमण, १३ जनाको मृत्यु



सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेको बसलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । यसवर्ष शुरुवातपछि यो सवभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ ।

राजधानीको एउटा प्रमुख पुलमा दुई विस्फोटक पदार्थ प्रयोग गरी आतंककारीहरुले सैनिक बसलाई लक्ष्यगरी गराएको बम विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हनुको साथै अन्य तीन जना घाइते भएका जनाएको छ ।

दमासकसमा हालैका वर्षहरुमा केही हदसम्म हिंसा कम भएको थियो । इस्लामिक स्टेट्स (आइएस) जिहादी समूहले २०१७ को मार्चमा जस्टिस प्यालेसलक्षित बम विस्फोट गराएपछि कम्तीमा ३० जना मारिएका घटनापछि राजधानीमा भएको यो सबैभन्दा घातक आक्रमण हो ।

यस बम आक्रमणको हाल कुनै पनि समूहले जिम्मेवारी लिएको छैन् । तर विगतमा यस्ता हमलाहरुको आईएस जिहादी समूहले दाबी गर्ने गरेका थिए । दशकौं पुरानो युद्ध सकिएको र पुनर्निर्माण प्रयासलगायत लगानी परियोजनाहरु शुरू गर्न को लागी स्थिरताको ग्यारेन्टी गरेको सरकारलाई पछिल्लो बम विष्फोटले चुनौती दिएको छ ।

राष्ट्रपति बशर अल असदको सरकारले आफूलाई अन्तराष्ट्रिय स्तरबाट अलग भएको यस अवस्थालाई बाहिर निकाल्ने कोशिस गरिरहेका छन् र हालैका महिनाहरुमा यसमा प्रवेश पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्