उत्तर कोरियाद्वारा नयाँ बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि



उत्तर कोरियाले पनडुब्बीबाट मार हानिने एउटा नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएले परीक्षण गरिएको क्षेप्यास्त्रमा नियन्त्रणसम्बन्धी उन्नत प्रविधिहरू भएको जनाएको छ । यसअघि सन् २०१६ मा एउटा परीक्षण गरिएको ’भेसल’ बाटै पछिल्लो क्षेप्यास्त्रको परीक्षण गरिएको उसले उल्लेख गरेको छ।

समाचारमा नेता किम जङ–अनबारे केही उल्लेख नगरिएकोले क्षेप्यास्त्र परीक्षणका बेला उनी उपस्थित नरहेको बुझिएको छ । यसअघि दक्षिण कोरियाली सेनाले जापानी तटदेखि पर समुद्रमा अस्त्रहरूको परीक्षण गरिएको देखिएको मङ्गलवार जनाएको थियो ।

उत्तर कोरियाले पछिल्ला साताहरूमा एकपछि अर्को क्षेप्यास्त्रको परीक्षण गरेका विवरण आएका छन् । परीक्षण गरिएका अस्त्रमा हाइपरसोनिक र लामो दूरीसम्म मार हान्न सक्ने अस्त्रहरू पनि रहेको बताइन्छ । तीमध्ये कतिपय परीक्षणबाट कडा अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको उल्लङ्घन समेत भएको छ ।

खासगरी संयुक्त राष्ट्रसङ्घले बलिस्टिक क्षेप्यास्त्रका साथै पारमाणविक अस्त्रहरूको परीक्षण गर्न उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । क्रुज क्षेप्यास्त्रहरूभन्दा बलिस्टिक क्षेप्यास्त्रलाई राष्ट्रसङ्घले झन् खतरनाक रूपमा लिने गरेको छ, किनभने तिनीहरूले अझ शक्तिशाली अस्त्रहरू बोक्न सक्छन्, लामो दूरीसम्म मार हान्न सक्छन् र तीव्र गतिमा उड्न पनि सक्छन् ।

मङ्गलबार दक्षिण कोरियाली सेना प्रमुखले उत्तर कोरियाको पूर्वमा पर्ने सिन्पो बन्दरगाहबाट एउटा क्षेप्यास्त्रको प्रक्षेपण गरिएको जनाएका थिए । सी अफ जापानको रूपमा परिचित इस्ट सी मा उत्तर कोरियाली क्षेप्यास्त्र खसेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका