अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन



अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड–१९ सँग सम्बन्धित जटिलताका कारण निधन भएको छ । पावेलको ८४ वर्षको उमेरमा निधन भएको उनको परिवारले घोषणा गरेको छ ।

रिपब्लिकन दलसँग आबद्ध रहेका पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारी पनि थिए । सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा उनी अमेरिकी विदेशमन्त्री बनेका थिए । उनी अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्ति हुन् ।

उनले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएको जानकारी पावेलको परिवारले वक्तव्यमा दिएको छ । सन् १९५१ मा नेपालसँग कूटनीतिक सम्बन्ध कायम गरेको संयुक्त राज्य अमेरिकाका तर्फबाट पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने उनी एक मात्र अमेरिकी विदेशमन्त्री हुन् ।

माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा रहँदा सन् २००२ को जनवरी १८ मा उनी नेपाल भ्रमणमा आएका थिए । त्यस बेला उनले तत्कालीन राजा ज्ञानेन्द्र तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ अधिकारीहरूसँग भेट गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम