काबुल हमलाको सुरक्षा परिषद र पाकिस्तानद्वारा निन्दा



अफगानिस्तानको कान्दाहार शहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो । नागरिकले आफ्नो धार्मिक आस्था व्यक्त गर्ने मस्जिद जस्तो स्थानमा गएर उनीहरुको हत्या गर्नु एक प्रकारको जघन्य अपराध भएको विज्ञप्तिमा जनाइएको छ ।

शुक्रबार अफगानिस्तानको कान्दाहारस्थित सिया मुस्लिम समुदायका नागरिकको उक्त मस्जिदमा प्रार्थनाका बेलामा भएको सो विस्फोटमा परी ३२ जनाको ज्यान गएको बताइएको छ । शुक्रबार अपराह्न एकै पटक तीन वटा विस्फोट भएको र ती विस्फोटमा परेर कम्तीमा ३२ जनाको ज्यान गएको तथा भने अरु कम्तीमा पनि ६८ जना घाइते भएका अफगानिस्तानको सुरक्षा निकायले जनाएको छ ।

साथै हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि निन्दा गरेको छ । सुरक्षा परिषदको शुक्रबारको बैठकले हमलाको निन्दा गर्दै यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गर्न पनि माग गरेको छ ।

शुक्रबार तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार एकजना आक्रमणकारीले सो मस्जिदको प्रवेशद्वारमा विस्फोट गराएको र अरु जना भने मस्जिदको भित्रै प्रवेश गरेर आक्रममण गरेका थिए । त्यस समयमा सो मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेकाले गर्दा धेरै नागरिको ज्यान गएको बताइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम