नर्वेमा धनुकाणको आक्रमणबाट पाँच जनाको मृत्यु



नर्वेमा एक व्यक्तिले धनुकाणले आक्रमण गर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरू दुईजना घाइते भएका छन् । राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोङ्ग्सबेर्गमा आक्रमण भएको कुरा प्रहरीले स्थानीय समय अनुसार साँझ ६ बजेर १३ मिनेटमा थाहा पाएको थियो । सन्दिग्ध आक्रमणकारीलाई गिरफ्तार गरिएको प्रहरी प्रमुखले बताएका छन् ।

सन्दिग्ध व्यक्तिले एक्लै आक्रमण गरेको प्रहरीको अनुमान छ। आक्रमणको उद्देश्य चाहिँ थाहा हुन नसकेको प्रहरीले जनाएको छ । हताहत भएकाध्ये केही सुपरमार्केटमा फेला परेका थिए, जसमध्ये ड्युटीमा नरहेका एकजना प्रहरी अधिकारीको अस्पतालमा उपचार भइरहेको छ ।

बिदा हुन लागेकी नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्गले व्यक्तिहरूविरुद्ध डरलाग्दो कार्य गरिएको भन्दै त्यसको निन्दा गरेकी छन् । त्यो आतङ्कवादी कार्य भए वा नभएको विषयमा अनुसन्धान भइरहेको उनले बताइन् । घरहरूका काठका भित्तामा वाणहरू अड्केका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका