भारतमा पछिल्लो २४ घण्टामा थप ८० हजारलाई कोरोना संक्रमण



भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप ८० हजार ८३४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

“एकैदिनमा यति मानिस सङ्क्रमित भएको ७१ दिनपछिकै सबैभन्दा थोरै हो,” केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्ला केही दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको देखिएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड ९४ लाख ३९ हजार ९८९ पुगेको छ । सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्यामा दैनिक ५ प्रतिशतले कमी हुँदै आएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ७० हजार ३८४ पुगेको छ । ती मध्ये तीन हजार ३०३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

भारतमा एक दिनमा एक लाख ३२ हजार ६२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या दुई करोड ८० लाख ४३ हजार ४४६ पुगेको छ । कोरोनाभाइरस विरुद्ध भारतभरी अहिलेसम्म २५ करोड ३१ लाख ९५ हजार ४८ खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक