चीनको गान्सुमा रेल दुर्घटना, ९ जनाको मृत्यु



उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५ः२५ बजे रेल दुर्घटना भएको हो ।

प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार गरेका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, चीन र युरोपबीच फ्राइट (सामान ढुवानी)का लागि नयाँ रेल सेवा बुधबार शुरु भएको छ । यो सेवा शुरु भएसँगै चीनको उत्तरी प्रान्त साङ्सी र फ्रान्सबीच सोझो रेल सेवा सम्पर्क स्थापित भएको छ ।

पचास वटा कन्टेनर लोड गरिएको रेल मध्य साङ्सी प्रान्तबाट बुधबार फ्रान्सको राजधानी पेरिसका लागि प्रस्थान गरेको थियो । यो रेलले करिब ११ हजार किलोमिटरको दुरी तय गर्नेछ ।

यो रेल मङ्गोलिया, रसिया, बेलारुस, पोल्यान्ड र जर्मनी हुँदै करिब २० दिनमा फ्रान्स पुग्नेछ चिनियाँ रेलसेवाले जनाएको छ । शाङ्सी जिनाउ लजिस्टिकका व्यवस्थापक वाङ गोकिङले उक्त रेलमा फिटनेसका सामान र ९० हजार डिस्पोजेवल स्टेराइल सिरिंज समेतका अन्य सरसामान रहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

नयाँदिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । गएराति मुम्बईस्थित

पाकिस्तानमा प्रदुषणका कारण भाइरसजन्य रोगमा वृद्धि

पाकिस्तान । खराव धुवाँ अपर्याप्त सरसफाई, अस्वच्छ अवस्था र फोहोर व्यवस्थापन प्रणालीको असफलताका

इयूले युक्रेनलाई ३५ अर्ब युरो ऋण दिने

किएभ । युरोपेली सङ्घ (इयू) ले युक्रेनलाई यस वर्षको अन्त्यसम्ममा ३५ अर्ब युरो

बेकर, जम्पर र हसाबिसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

स्वीडेन । अमेरिकी वैज्ञानिकद्वय डेभिड बेकर र जोन जम्पर तथा बेलायती डेमिस हसाबिसलाई