चीनमा मानिस पनि देखियो बर्डफ्लू



चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लूको एउटा दुर्लभ प्रकारबाट सङ्क्रमित भएको पुष्टि भएको छ । चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको बताइएको छ ।

अधिकारीहरूले उनलाई कसरी सङ्क्रमण सर्यो भन्ने विषयबारे विस्तृत विवरण दिएका छैनन् । तर H10N3  नाम दिइएको उक्त प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिन्छ । ती व्यक्ति जाङ्सू प्रान्तका निवासी भएको र उनमा बर्ड फ्लू सङ्क्रमण भएको गत साता निदान गरिएको थियो ।

तर अहिले उनी निको भएर घर फर्किसकेको बताइएको छ । बर्ड फ्लूका अनेक प्रकार छन्। कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लू सरेको घटना यदाकदा सुनिन्छ । तर कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको संसर्गमा आएका अरू मानिसमा बर्ड फ्लू देखिएन । बेइजिङस्थित राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी)ले बताएअनुसार सङ्क्रमित व्यक्तिलाई गत अप्रिल २८ मा अस्पताल भर्ना गरिएको थियो।

त्यसको एक महिनापछि उनमा बर्ड फ्लू गराउने भाइरसको H10N3  प्रकारबाट सङ्क्रमण भएको पुष्टि भयो । एचएचसीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले भनेको छ, ‘विश्वमा कुनै मानिसमा पनि H10N3  को सङ्क्रमण भेटिएको थिएन। यो पक्षीबाट मानिसमा सरेको विरल सङ्क्रमण हो। यो ठूलो मात्रामा फैलिने जोखिम अत्यन्त न्यून छ।’

एनएचसीका अनुसार H10N3 भाइरसले पालिएका पक्षीमा गम्भीर रोग लगाउँदैन र यो चाँडै फैलिन पनि सक्दैन। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अहिले मानिसबाट मानिसमा उक्त भाइरस सर्ने सङ्केत नदेखिएको समाचारसंस्था रोएटर्सलाई बताएको छ ।

अहिले चराचुरुङ्गीमा बर्ड फ्लूको H5N8  नामक प्रकार फैलिरहेको छ। त्यसबाट विभिन्न युरोपेली देशहरू प्रभावित भएका छन् र त्यहाँ पालिएका लाखौँ पक्षीको सामूहिक वध गरिएको छ ।

गत फेब्रुअरीमा रुसमा उक्त भाइरस मानिसमा पनि सरेको पुष्टि भएको थियो । सन् २०१६ र २०१७ मा एभीअन इन्फ्लूएन्जाको ज्ठल्ढ प्रकारको प्रकोप फैलिँदा झन्डै ३०० जनाको मृत्यु भएको थियो । त्यसपछि बर्ड फ्लू मानिसमा ठूलो मात्रामा सरेको देखिएको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने

इजरायललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

  परम्परागतरूपमा इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण

लाओसले मानवका लागि हानिकारक कीटनाशकको प्रयोग कम गर्ने

मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा

नासाको ‘जुनो मिसन’द्वारा युरोपाको बरफको गोलाको हाई–डेफिनेसन दृश्य प्रदान

नासाको जुनो मिसनको हाई–डेफिनेसन तस्बिरहरूले युरोपाको बाहिरी बरफको गोला अनिवार्यरूपमा स्वतन्त्र तैरिरहेको सुझाव