चिनियाँ राष्ट्रपति जिनपिङले दिए सिरियाली राष्ट्रपति असदलाई बधाई



चिनियाँ राष्ट्रपति सि जिनपिङले सिरियाका राष्ट्रपतिमा बसर अल असद निर्वाचित भएकोमा बधाई दिनुभएको छ ।राष्ट्रपति सि जिनपिङले सिरियाली नवनिर्वाचित राष्ट्रपति बसर अल असदललाई बधाई सन्देश पठाएका छन् ।

सिरियामा हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा बसर अल असद निर्वाचित भएका थिए । राष्ट्रपति सि जिनपिङले सन्देशमा चीन र सिरिया आपसका मित्र राष्ट्र हुन् भन्दै यी दुई देशका बीचको मैत्री तथा कूटनीतिक सम्बन्ध आगामी दिनमा पनि निरन्तर रहने बताएका छन् ।

राष्ट्रपति सि जिनपिङले सिरिया चीनसँग कूटनीतिक सम्बन्धलाई स्थापना गर्ने र कायम राख्ने अरबको एउटा पुरानो देश भएको बताएका छन् ।

आगामी दिनमा सिरियाका राष्ट्रपति असदको समयमा चीन र सिरियाबीचको सम्बन्ध थप सुदृढ बन्ने विश्वास पनि राष्ट्रपति सि जिनपिङले सो सन्देशमा व्यक्त गरेका छन् ।

उनले कोभिड १९ का विरुद्धमा अहिले विश्वले संघर्ष गरिरहेको छ भन्दै आगामी दिनमा सिरियालाई पनि चीनले यो महामारीका विरुद्धमा लड्न सहयोग गर्ने बाचा गरेका छन् ।

सिरियामा केही वर्षदेखि राष्ट्रपति असदका विरुद्धमा आन्दोलन जारी रहेको छ । यहाँका जनताले प्रजातान्त्रका लागि गरेको संघर्षमा परेर चार लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने

इजरायललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

  परम्परागतरूपमा इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण

लाओसले मानवका लागि हानिकारक कीटनाशकको प्रयोग कम गर्ने

मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा

नासाको ‘जुनो मिसन’द्वारा युरोपाको बरफको गोलाको हाई–डेफिनेसन दृश्य प्रदान

नासाको जुनो मिसनको हाई–डेफिनेसन तस्बिरहरूले युरोपाको बाहिरी बरफको गोला अनिवार्यरूपमा स्वतन्त्र तैरिरहेको सुझाव