विज्ञ भन्छन् -कोरोनालाई जितिएको अहिले नै घोषणा गर्न चाँडो हुन्छ



अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कोरोनाभाइरसविरुद्धको लडाई अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने बताएका छन् ।

सङ्क्रमण रोगसम्वन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका फाउचीले कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकहरुको संख्या घटेपनि जितिसकियो भन्न अहिले नै नहुने बताएका हुन् ।

“हामीले अहिले नै कोरोनाभाइरसविरुद्धको जित भइसक्यो भनेर घोषणा गर्न चाहदैनौँ, किनकी हामी अहिले पनि त्यससँग लडिरहेका छौँ,” उनले भने ।

तर धेरैभन्दा धेरै व्यक्तिहरुले खोप लगाइसकेको र समुदायस्तरमै खोप अभियान पुगेकोले रोगबाट सुरक्षाको अवस्था भने राम्रो रहेको उनको भनाइ छ । अमेरिकी एक प्रतिष्ठित पत्रिकासँगको कुराकानीका क्रममा उनले कोरोनाभाइरसको खतरा भने पूर्ण रुपमा अन्त्य भइनसकेको उल्लेख गरेका छन् ।

भाइरसको नयाँ नयाँ संस्करणहरु आइरहेकाले पनि खतरापूर्ण अवस्था भने रहिरहने उनले तर्क गरेका छन् । अमेरिका अहिले पनि सवैभन्दा धेरै सङ्क्रमितहरु भएको मुलुकमा पर्दछ । अमेरिकामा अहिलेसम्म कुल तीन करोड ४० लाख ४३ हजार ११० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये छ लाख नौ हजार ५४४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने

इजरायललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

  परम्परागतरूपमा इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण

लाओसले मानवका लागि हानिकारक कीटनाशकको प्रयोग कम गर्ने

मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा

नासाको ‘जुनो मिसन’द्वारा युरोपाको बरफको गोलाको हाई–डेफिनेसन दृश्य प्रदान

नासाको जुनो मिसनको हाई–डेफिनेसन तस्बिरहरूले युरोपाको बाहिरी बरफको गोला अनिवार्यरूपमा स्वतन्त्र तैरिरहेको सुझाव