कंगोको गोमा क्षेत्रमा पुनः ज्वालामुखी विस्फोट



पूर्वी लोकतान्त्रिक गणतन्त्र कंगोको गोमा क्षेत्रको न्यामुलागीरा पर्वतको उत्तरी भागमा शनिबार पुनः ज्वालामुखी विस्फोट भएको छ । यहाँ भएका स्थानीय वासिन्दालाई अन्यत्र सुरक्षित स्थानमा सार्न संयुक्त राष्ट्रसंघले सहायतार्कीहरुले बढाएको बताइएको छ ।

यसअघि गत मे २२ का दिनमा कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको थियो ।

ज्वालामुखी विस्फोटमा परेका सयौँ जना अझै हराइरहेको बताइएको छ । उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको थियो । भाग्ने क्रममा ती व्यक्ति बेपत्ता भएका थिए ।

हराएका मध्ये ४० जना बयस्क छन् भने अरु केही बृद्धबृद्धाहरु पनि रहेका थिए । करिब १७० जना बालबालिका हराएका छन् भने अरु केही बालबालिका आफ्नो घरबाट अन्यत्र या अर्काे गाउँमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारले युक्रेनी संसद्को मानवअधिकार आयुक्त कार्यालयलाई ३० लाख अमेरिकी डलर सहयोग गर्ने

  कतारले रुससँगको युद्धबाट प्रभावित परिवार र बालबालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले प्रभावकारी सेवाहरू

क्यानाडाद्वारा आपूर्ति शृङ्खला बढाउन लगानीको घोषणा

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले थप अर्धचालक (सेमिकन्डकटर) सिर्जना गर्न र आपूर्ति शृङ्खला बढाउन

नासाको अध्ययनले पृथ्वीका नदीहरूको नयाँ विश्वव्यापी लेखाजोखा प्रदान गर्ने

  नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ

विद्यमान चुनौतीहरू पार गर्न पाकिस्तानले आर्थिक सुधार गर्ने प्रधानमन्त्री सरिफको भनाई

  पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी चुनौतीलाई सम्बोधन गर्न