‘भारतीय भेरियन्ट’ लेखिएका सबै पोस्ट हटाउन भारत सरकारको निर्देशन



भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई कोभिड–१९ को ‘भारतीय भेरिअन्ट’ भनेर उल्लेख गरिएका सामग्रीहरू हटाउन निर्देशन दिएको छ ।

सूचना प्रविधि मन्त्रालयका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको उक्त प्रकारलाई बी.१.६१७ को रूपमा सूचीकृत गरेको हुनाले त्यसलाई ‘भारतीय’ भन्नु गलत रहेको तर्क गरेको छ ।

कोरोनाभाइरसका अन्य प्रकारलाई चिनाउन ‘यूके भेरिअन्ट’ र ‘ब्रजिल भेरिअन्ट’ जस्ता नाम पनि प्रयोग भइरहेका छन् । कोभिड–१९ को अवस्थालाई व्यवस्थापन गर्ने विषयमा भारत सरकार आलोचित बन्दै आएको छ ।

गत महिना दिल्लीले ट्विटरलाई महामारीका विषयमा आलोचना गरिएका केही सामग्रीहरू मेट्न आदेश दिएको थियो । गत मार्च महिनायता भारत कोरोनाभाइरसको नयाँ प्रकारबाट नराम्ररी प्रभावित भएको छ ।

कोरोनाभाइरस अतिप्रभावित देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ । जोन्स हप्किन्स यूनिभर्सिटीको विवरणअनुसार भारतमा अहिलेसम्म दुई करोड ६० लाखभन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन् ।

कोभिडसँग सम्बन्धित कारणले मृत्यु हुनेको सङ्ख्या तीन लाखजति पुगेको छ । केही विज्ञहरूले वास्तविक सङ्ख्या औपचारिक तथ्याङ्कभन्दा बढी हुनसक्ने जनाएका छन् । भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल कम्पनीहरूलाई उक्त आदेश दिएको छ । उक्त आदेशको ब्यहोरा सार्वजनिक नगरिए तापनि त्यो केही समाचारसंस्थाहरूले हेर्न पाएका थिए ।

त्यसमा सामाजिक सञ्जालहरूलाई ‘कोरोनाभाइरसको ‘भारतीय भेरिअन्ट’ लेखिएका, त्यसबारे छलफल गरिएका वा इङ्गित गर्ने सबै सामग्री आफ्ना डिजिटल मञ्चबाट तत्काल हटाउन’ भनिएको ट्रस्ट अफ इन्डियाले आफ्नो समाचारमा लेखेको छ ।

उक्त आदेशमा डब्ल्यूएचओले ‘आफ्ना कुनै पनि प्रतिवेदनमा बी.१.६१७ लाई भारतीय भेरिअन्टका रूपमा उल्लेख नगरेको’ तर्क गरिएको छ । एउटा सामाजिक सञ्जालका एक वरिष्ठ कर्मचारीले रोएटर्स समाचारसंस्थालाई बताएअनुसार विभिन्न स्वरूपमा ‘भारतीय भेरिअन्ट’ जोडिएका सबै पोस्टहरू हटाउने काम निकै नै जटिल हुनेछ ।

भारतमा अहिले कोरोनाभाइरस महामारीको दोस्रो लहरले उग्र रूप लिएको छ । गत वर्ष पहिलोपटक भारतमा देखा परेको बी.१.६१७ कोरोनाभाइरसको एउटा अतिसङ्क्रामक प्रकार हो । त्यो दर्जनौँ देशमा फैलिसकेको छ । कैयौँ देशहरूले भारतबाट हुने आवागमनमा रोक लगाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

  नेताहरू सी जिनपिङ र भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा भएको भेटमा अराजक संसारमा

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत

  एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा

सुडानमा खाद्यसङ्कट हुने राष्टसंघको चेतावनी

  संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले सुडानका युद्धग्रस्त क्षेत्रहरूमा

स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण