११ दिनपछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम



इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ । इजरायलको सुरक्षा क्याबिनेटले गाजामा युद्धविरामका लागि अनुमति दिएको छ ।

इजरायलले आधिकारिक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘युद्धविरामको प्रस्ताव क्याबिनेटमा आएको थियो, आपसी सहमति र विना शर्त यसलाई लागू गर्ने निर्णय भएको छ ।’

दुई देशबीचको सहमतिअनुसार स्थानीय समयअनुसार शुक्रवार बिहान २ बजे अर्थात आज बिहानदेखि युद्धविराम सुरु भएको बीबीसीले जनाएको छ ।

११ दिनदेखि भएको युद्धमा प्यालेस्टाइनमा १ सय भन्दा बढि महिला र बालबालिकासहित २ सय ३२ जनाको मृत्यु हुँदा इजरायलमा २ बालबालिकासहित १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । पछिल्लो २४ घण्टामा २ बालबालिकासहित ११ प्यालेस्टाइनी मारिँदा १ सय ९० जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसाार युद्धका कारण ९१ हजार जना विस्थापित भएका छन् । गाजाका १६ हजार ८ सय घरमा क्षति हुँदा १८ सय घरमा बस्न नमिल्ने गरी क्षति पुगेको छ भने १ हजार भन्दा बढी घर पूर्ण ध्वस्त भएको छ ।

युद्धविराम भएपछि प्यालेस्टाइनका सडकमा मानिसहरु निस्केर त्यसको उत्साह मनाएका छन् । उनीहरूले सडकमा निस्किएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

युद्धविराम भएपछि अन्तर्राष्ट्रिय समुदायले पनि त्यसको स्वागत गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युद्धविराम स्वागतयोग्य र महत्त्वपूर्ण कदम भएको बताएका छन् । उनले यो महत्त्वपूर्ण कदमले सैयौं नागरिकको ज्यान जोगिएको उल्लेख गरे ।

यस्तै अमेरिकाले आफू गाजाको पुनर्निमाणका लागि संयुक्त राष्ट्रसंघसँग मिलेर काम गर्न तयार रहेको बताए । साथै उनले अमेरिका प्यालेस्टाइनको सरकारसँग मिलेर काम गर्ने जनाउँलै त्यसमा हमासको संलग्नता मञ्जुर नहुने बताए।

प्यालेस्टाइन र इजरायल दुवै देशका नागरिकले सुरक्षा, स्वतन्त्रता, लोकतन्त्र र समृद्धिको समान अधिकारको हैसियत राख्ने उनको भनाइ छ । युद्धविरामपछि इजरेलभित्रै दशकौँपश्चात् देखिएका यहुदी तथा अरब इजरेली समुदायबीचको तनाव मत्थर हुने इजरेलको आशा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिख नेताको हत्या आरोपमा क्यानडामा तीन भारतीय पक्राउ

बीबीसी । भारत र क्यानडाबीच फेरि ठूलो कूटनीतिक विवादको विषय समेत बनेको सिख

इन्डोनेसियामा बाढीपहिरोबाट १५ जनाको मृत्यु

  मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु

भारतले मे १० सम्ममा माल्दिभ्सबाट सैनिक प्रतिस्थापन गर्ने

  भारत र माल्दिभ्सले  द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो बैठक आयोजना गरेका छन् ।

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या