भारतमा थप २ लाख ६७ हजारलाई कोरोना संक्रमण, ४५ सय भन्दाबढीको मृत्यु,



भारतमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमणदर घटेपनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट थप ४ हजार ५ सय २९ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि भारतमा सोमबार कोरोनाबाट ४ हजार ३ सय २९ को मृत्यु भएको थियो ।त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६७ हजार ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा सोमबार २ लाख ६३ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा २५ दिनपछि पहिलो पटक आइतबार एक दिनमा ३ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्ला दिनमा दैनिक संक्रमणमुक्त हुनेको संख्या पनि बढेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८९ हजार ८ सय ५१ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म २ करोड ५४ लाख ९६ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब २ करोड २० लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८३ हजार २ सय ४८ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण

रुसी राष्ट्रपति पुटिन बेइजिङमा

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्ताका लागि

जापान र अमेरिकाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र इन्टरसेप्टर विकास गर्ने सम्झौतामा हस्ताक्षर

  जापान र अमेरिका बुधबार दुई मुलुकले हस्ताक्षर गरेको सम्झौताअन्तर्गत सन् २०३० सम्ममा

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

  फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको अवधिमा अफगानिस्तानले १० अर्ब