इजरायलमाथि टर्कीका राष्ट्रपतिको आक्रोश, ‘हात भाँचिदिने’ चेतावनी



टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले इजरायलको ‘हात भाँचिदिने’ चेतावनी दिएका छन् । नमाज पढिरहँदा मस्जिद–ए–अक्साभित्र छिरेर प्यालेस्टाइनीहरूलाई आक्रमण गरेपछि अहिले इजरायल र गाजाबीच लडाइँ छेडिएको छ।

इजरायलले मानवीय हताहती हुनेगरी अन्धाधुन्ध हमला गरेपछि अर्दोआनले यस्तो चेतावनी दिएका हुन् । इजरायलविरुद्ध विश्वका सबै देशले कडा रवैया अपनाउनुपर्ने भन्दै उनले अरूहरू मौन रहेपनि टर्कीले आवाज उठाइरहने बताएका छन्।

पार्टी पदाधिकारीहरूलाई सम्बोधन गर्दै अर्दोआनले बैतुल मोकद्दस (मस्जिद–ए–अक्सा) मुसलमानका साथै इसाई र यहूदीहरूको पनि पवित्र स्थल भएको, तर त्यहाँ इजरायलले अमानवीयताको सबै हद पार गरेका आरोप लगाएका छन् ।

अर्दोआनले प्यालेस्टाइनीको पक्ष र इजरायलको विपक्षमा उभिन विश्वभरका नेतासँग बातचित गरिरहेका छन् । यसअघि मलेसियाका पूर्व–प्रधानमन्त्री डा। मोहम्मद महाथिरले इजरायलविरुद्ध सबै मुस्लिम देशहरूलाई एकतावद्ध हुन आग्रह गरेका थिए ।

इस्लामिक देशहरूको संगठन अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन (ओआइसी) ले पनि इजरायल–गाजा हिंसाबारे छलफल गर्न आज बस्नेगरी आपतकालीन बैठक डाकेको छ । आजै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक पनि यही विषयमा केन्द्रित हुनेगरी बस्दैछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८