इजरायल-प्यालेस्टाइन युद्धमा एक सय भन्दा बढीको मृत्यु



इजरायली सेनाले गाजा पट्टीमा प्यालेस्टीनी विद्रोहीविरुद्धको आक्रमणलाई तीव्र पारेको छ । सेनाको एउटा वक्तव्यमा हवाई र स्थल फौजहरूले उक्त क्षेत्रमा रहेका निशानाहरूमा नयाँ कारबाही गरिरहेको जनाएको छ ।

गाजाको उत्तर र पूर्वमा फौजी डुङ्गा, लडाकू विमान र हेलिकप्टरको प्रयोग गरी व्यापक गोलाबारी गरिएको छ । त्यहाँ ज्यान गुमाउने मानिसहरूको सङ्ख्या १ सय नाघेको छ । प्यालेस्टाइनले गरेको रकेट हमलामा इजरायलमा सात जनाले ज्यान गुमाएका छन् । लडाइँ रोक्न गरिएका कूटनीतिक अनुरोधले हालसम्म कुनै प्रभाव पारेको छैन ।

अमेरिकाले कूटनीतिक प्रयासलाई केही समय दिन आफूले चाहेको भन्दै राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठक अर्को हप्तासम्म सारेको छ । इजरायलले गाजासँगको आफ्नो सीमामा थप ट्याङ्क र फौजहरू परिचालन गरेको छ ।

केही दिनयताको हिंसापछि उसले स्थल कारबाहीको विचार गरिरहेको जनाइएको छ । स्थल सेनाको दुईवटा युनिट र बख्तरबन्द अर्को युनिटलाई गाजाको सीमा नजिकै बिहीबार खटाइएको छ । आवश्यक परेको बेलामा खटाउन सकिने भनेर तयार राखिएका ७ हजार सैनिकलाई काममा बोलाइएको छ । स्थल सेना परिचालन गर्ने निर्णय गरिएको छैन ।

तर इजरायली सेनाले सम्भावित कारबाहीको योजना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ जसबारे सेनाका प्रमुख र सरकारका विभिन्न तहहरूले निर्णय गर्नुपर्ने हुन्छ । गाजा र इजरायलमा चार दिन यता भइरहेका हिंसा सन् २०१४ यताकै खराब हो ।

यहुदी र मुसलमान दुवैले पवित्र धार्मिक स्थलको रूपमा सम्मान व्यक्त गर्ने पूर्वी जेरूसेलममा हप्तौँका तनावपछि झडपहरू भएका थिए । त्यसपछि प्यालेस्टाइन र इजरायलले एक अर्का विरूद्ध हवाई हमलाहरू थालेका हुन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यहुदी र अरब इजरेलीबीच सडकमा भइरहेका हिंसालाई दबाउन उनकै शब्दमा अत्यधिक बल प्रयोग गर्न तयार रहन प्रहरीलाई भनेका छन् । यहुदी र अरबहरूको मिश्रित बसोबास रहेका इजरायलका विभिन्न नगर र सहरहरूमा थप हिंसा भएका विवरण आएका छन् ।

पछिल्लो हिंसाले गृहयुद्ध निम्त्याउने चेतावनी इजरायलका राष्ट्रपतिले दिएका छन् । रक्षामन्त्री बेनी गान्ट्सले देशभित्रको आन्तरिक तनावलाई दबाउन ठूलो मात्रामा थप सुरक्षाकर्मी खटाएका छन् । जातीय हिंसापछि चार सयभन्दा बढीलाई गिरफ्तार गरिएको छ।

हमासका एक जना उच्च अधिकारीले अन्तर्राष्ट्रिय समुदायले इजरायललाई जेरुसेलमको अल अक्सा मस्जिदमा आफ्नो फौजी गतिविधि अन्त्य गर्न दबाब दिए जवाफी युद्ध विराम हुनसक्ने बताएका छन् । तर इजरायली सेनाका एक जना प्रवक्ताले अहिले इजरायलले युद्ध विराम नखोजिरहेको बताएको द टाइम्स अफ इजरायलले जनाएको छ । भिडिओ फुटेजमा विस्फोटनले गाजाको आकासमा बिजुली चम्किएको जस्तो देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी राष्ट्रपति पुटिन बेइजिङमा

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्ताका लागि

जापान र अमेरिकाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र इन्टरसेप्टर विकास गर्ने सम्झौतामा हस्ताक्षर

  जापान र अमेरिका बुधबार दुई मुलुकले हस्ताक्षर गरेको सम्झौताअन्तर्गत सन् २०३० सम्ममा

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

  फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको अवधिमा अफगानिस्तानले १० अर्ब

भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार

  भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले भारतले इरानमा रणनीतिक बन्दरगाह परियोजनाको लाभलाई सम्प्रेषित गर्नका