भारतमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीलाई कोभिडविरूद्धको पहिलो खोप दिइयो



भारतका ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड–१९विरूद्धको पहिलो खोप लगाएका संघीय स्वास्थ्यमन्त्री हर्षबर्धनले बुधबार जानकारी दिएका छन् । यो वर्षको जनवरी १६ देखि खोप अभियान सञ्चालन गरिएको ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले पहिलो साथै ६५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले दुबै खोप लगाएका उनले जानकारी दिएका हुन् ।

उनले उत्तराखण्ड, हरियाणा, पञ्जाब, बिहार, झारखण्ड, उडिसा, जम्मु तथा कश्मीरका स्वास्थ्यमन्त्रीसँग खोपको समीक्षाका लागि गरेको बैठकमा केन्द्र सरकारले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाका लागि महामारीविरुद्धको लडाईमा लाग्न पनि भारतीय अधिकारीहरूलाई आग्रह गरेको छ ।

उनले केही समयदेखि भारतभरी सङ्क्रमण दर बढेको र यसको दवाव स्वास्थ्य संस्थाहरूमा परिरहेको बताउँदै दबाबबीच महामारीविरुद्धको लडाईमा अग्रसर रहन स्वास्थ्यकर्मीहरूलाई पनि आग्रह गरे ।

उनका अनुसार भारतभर विगत २४ घण्टामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ५५ हजार ३३८ रहेको र सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या पनि सोही अनुपात अर्थात् तीन लाख ४८ हजार ४१२ रहेको र यो सङ्ख्या आगामी हप्तामा क्रमशः घट्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानद्वारा आणविक केन्द्र बन्द

  इरानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’

काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

  भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको

जर्मन चान्सलर सोल्सले चिनियाँ राष्ट्रपति सीसँग युक्रेन शान्तिबारे छलफल गर्ने

  जर्मन चान्सलर ओलाफ सोल्सले मङ्गलबार चीनका राष्ट्रपति सी जिनपिङसँग युक्रेनमा ‘न्यायपूर्ण शान्ति’

टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती