नामिबियालाई कोभाक्सबाट २४ हजार डोज खोप उपलब्ध



अफ्रिकी मुलुक नामिबियाले शुक्रबार कोभाक्स मार्फत उपलब्ध गराइएको कोभिड–१९ विरुद्धको खोप प्राप्त गरेको छ । विश्व स्वास्थ्य संगठनको अग्रसरतामा स्थापित कोभाक्समार्फत पहिलो चरणमा नामिबियालाई २४ हजार डोज दिइएको छ ।

नामिबियाका स्वास्थ्य तथा समाजसेवा मन्त्री कालुम्बी शाङ्गुलाले अस्ट्राजेनिकाको उक्त खोप देशका विभिन्न भागमा पठाइने बताए । नामिबियामा हालसम्म तीन हजार ५८७ जनाले खोप लिएका छन् । करिब २५ लाख जनसंख्या रहेको नामिबियाले आफ्नो कूल जनसंख्याको कम्तीमा ६० प्रतिशतलाई खोप दिने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्ट्रेलिया र मोडर्नाबीच दुई करोड ५० लाख डोज खोप खरिदको सम्झौता

अस्ट्रेलियाले आफ्ना सबै बयस्क नागरिकलाई खोप लगाउने गरी अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नासँग

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकैदिन चार हजार बढीको मृत्यु

भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा पछिल्ला केही दिनदेखि कमी आएको छैन ।

कोरियाले निर्माण गर्यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट

सउल । दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण

हमास विद्रोहीद्वारा इजरायलमाथि दर्जनौँ रकेट प्रहार(फोटोफिचर)

इजरायलको हवाई हमलामा आफ्ना केही वरिष्ठ कमाण्डरहरू मारिएको र गाजामा बहुतले भवन ध्वस्त