बङ्लादेशमा कोरोना संक्रमणबाट एकैदिन ९६ जनाको मृत्यु



कोरोना भाइरसको महामारी फैलिइरहेको बङ्लादेशमा बुधबार एकैदिन अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार कोरोनाका कारण बङ्लादेशमा एकैदिनमा ९६ जनाको मृत्यु भएको हो ।

योसँगै बङ्लादेशमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या नौ हजार ९८७ पुगेको अधिकारीहरुले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । बङ्लादेशमा एकैदिनमा सवैभन्दा धेरै सङ्क्रमित भने यही अप्रिल ७ मा भएका थिए ।

त्यो दिन सात हजार ६२६ जना सङ्क्रमित भएका थिए । स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो २४ घण्टामा पाँच हजार १८५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

बङ्लादेशमा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितहरुको कुल सङ्ख्या सात लाख तीन हजार १७० पुगेको पनि अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा बङ्लादेशमा २४ हजार ८२५ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या पाँच लाख ९१ हजार २९९ पुगेको तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका