ब्राजिलमा लकडाउनविरुद्ध प्रदर्शन
ब्रजिलका राष्ट्रपति बोल्सोनारोका समर्थकहरूले देशभरि स्थानीय निकायले लगाएका लकडाउनविरुद्ध प्रदर्शन गरेका छन् । कोरोनाभाइरसको दोस्रो घातक लहरसँग सङ्घर्ष गर्न भन्दै त्यहाँ लकडाउन लगाइएको हो ।
रियो दि जेनेरियो र साउ पाउलोसहित देशभरि हजारौँ मानिसहरूले त्यस्तो प्रतिबन्ध खुकुलो पार्दै अर्थतन्त्रलाई तङ्ग्रिन दिनुपर्ने माग राखेका छन् । गत साता मात्र ब्रजिलमा दैनिक झन्डै दुई हजार मानिसले कोभिडका कारण ज्यान गुमाएका थिए।