भ्रष्टाचार मुद्दामा ब्राजिलका पूर्वराष्ट्रपति लुलालाई सफाइ



ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई सर्वोच्च अदालतका एक न्यायाधीशले भ्रष्टाचारको दोषबाट सफाइ दिएका छन् । यसले सन् २०२२ को राष्ट्रपति निर्वाचनमा सहभागी हुने उनको बाटो खुलेको छ ।

वामपन्थी नेता लुलालाई सन् २०१९ मा १८ महिना कैदपछि रिहा गरिएको थियो । ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशले लुलाविरुद्धका यसअघिका प्रमाणित आपराधिक दोष रद्द गरिदिएका छन् ।

उनलाई अपरेशन कार वाश नामक घुसकाण्डको अनुसन्धानपश्चात् दोषी ठहर गरिएको थियो। त्यसमा अन्य नेता तथा व्यापारीहरू पनि परेका थिए । तर न्यायाधीश एड्सन फाकिनले ती दोषबाट उनलाई सफाइ दिएका छन् ।

उनलाई दोषी ठहर गरेको दक्षिणी सहर कुरिचीबाको अदालतलाई ती चारवटा मुद्दा हेर्ने अधिकार नभएको भन्दै न्यायाधीश फाकिनले अब तिनको सुनुवाइ राजधानी ब्रजिलियास्थित सङ्घीय अदालतमा हुने फैसला गरेका छन् ।

अब उनीमाथि लागेका दोष पुनः प्रमाणित नभएसम्म उनको राजनीतिक अधिकार पुनःस्थापित हुनेछ । अर्थात् आगामी चुनावमा उनी वर्तमान राष्ट्रपति जइर बोल्सोनारुविरुद्ध लड्न सक्नेछन् । सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका लुलालाई सन् २०१८ मा दोषी ठहर गरिएको थियो ।

दोषी ठहर भएपछि डेढ वर्ष जेल परेका उनलाई आजीवन सार्वजनिक पदमा चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो । तर पछिल्लो फैसलाले अहिलेको निम्ति उनलाई चुनावको बाटो खुलेको छ ।

एक विज्ञप्ति जारी गर्दै लुलाले उनी सधैँ सही थिए भन्नेको यो स्वीकारोक्ति मात्र भएको बताए । ब्रजिलका वर्तमान राष्ट्रपति बोल्सोनारुले देशका जनताले लुलालाई फेरि उम्मेदवारका रूपमा हेर्न नचाहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका