मेगनले भनिन् -बेलायती राजपरिवार भित्रको रंगभेदले म आत्महत्या गर्ने अवस्थामा पुगेकी थिएँ



डचिस अफ ससिक्स मेगन मार्कलले ब्रिटिश राजपरिवारभित्रको जीवन आफ्ना लागि धेरै नै कठिन भएको र कतिपय अवस्थामा बाँच्ने इच्छा नै मरेको बताएकी छन् । व्यक्तिगत कुराहरू खोतलिएको ओप्रा विन्फ्रेसँगको टेलिभिजन अन्तर्वार्तामा मेगनले आफूले सहयोग माग्दा पनि नपाएको बताइन् । उनले राजपरिवारको एक सदस्यले आफ्नो छोराको छाला कति अश्वेत होला भनी सोध्नुलाई नमीठो अनुभव भएको बताइन् ।

राजकुमार ह्यारीले आफूले राजकीय जिम्मेवारीबाट पछि हट्ने बताएपछि बुवा राजकुमार चाल्र्सले आफ्नो फोन नै उठाउन छोडेको बताए । बहुप्रतीक्षित सो अन्तर्वार्ता आइतवार राति अमेरिकामा प्रसारण भएको थियो ।

सीबीएस टीभीमा प्रसारण भएको दुई घण्टा लामो अन्तर्वार्तामा राजकुमार ह्यारी र मेगनले जातिवाद, मनोस्वास्थ्य, मिडियासँगको उनीहरूको सम्बन्ध र राजपरिवारभित्रको कुराहरूका बारेमा बोलेका छन् ।

उनीहरूले मेगनको गर्भमा रहेको बच्चा छोरी भएको पनि सार्वजनिक गरेका छन् । सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट पन्छिएपछि ह्यारी र मेगन अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् ।

गत महिनामात्रै उनीहरू राजपरिवारको उत्तरदायित्व सम्हाल्न नफर्किने घोषणा गरिएको थियो । अन्तर्वार्तामा उनीहरूले राजपरिवारले आफूहरूको संरक्षण गर्न नसकेको बताएका छन्।

मेगनले सन् २०१८ को विवाहपछि अवस्था बिग्रिन सुरु भएको बताएकी छन् । ‘मैले यो बुझेँ कि उनीहरू मलाई बचाउ नगर्ने मात्रै होइन, उनीहरू परिवारका अन्य सदस्यलाई बचाउ गर्न झुटो बोल्न पनि तयार थिए।’ ‘तर उनीहरू मलाई र मेरो पतिलाई बचाउन सत्य बोल्न पनि तयार थिएनन्।’ ओप्राले आत्महत्याको सोच आएको थियो कि भनेर सोधेको प्रश्नमा मेगनले भनिन्, ‘थियो। यो एकदमै स्पष्ट थियो। एकदमै स्पष्ट र एकदमै डरलाग्दो। कोसँग कुरा गरौँ भन्ने मलाई थाहा थिएन।’

पहिलो आधा अन्तर्वार्ता एक्लै दिएकी मेगनलाई त्यसपछि ह्यारीले साथ दिएका थिए । ह्यारीले आफ्नो परिवारको अन्य सदस्यहरूसँगको सम्बन्धको बारेमा कुरा गरेका थिए । उनले आफ्नी हजुरआमा तथा महारानीसँग एकदमै राम्रो सम्बन्ध भएको र उनीहरू नियमित कुराकानी गर्ने बताए ।

तर उनको बुवा राजकुमार चाल्र्ससँगको सम्बन्ध भने बिग्रिँदै गएको उनले बताए । राजकुमार विलियमको सम्बन्धमा उनले आफू दुई फरक बाटोमा हिँडेको बताए । आफूलाई राजपरिवारले आर्थिक रूपमा सहयोग गर्न छोडेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका