विश्वकै सबैभन्दा जेठी जङ्गली चरीले ७० वर्षको उमेरमा पाइन् बचेरो



विश्वकै सबैभन्दा जेठी जङ्गली चरी विज्डम द एल्बाट्रसले कम्तीमा ७० वर्षको उमेरमा बचेरो कोरलेकी छन् । लेसेन एल्बाट्रसले उत्तर प्रशान्त महासागरस्थित एउटा वन्यजन्तु आरक्षमा फेब्रुअरी १ तारिखका दिन बचेरो कोरलेको अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसले जनाएको हो । सामान्यतया लेसेन एल्बाट्रसहरू १२ देखि ४० वर्षसम्म बाँच्छन् ।

तर विज्डमलाई सन् १९५६ मा अनुसन्धानकर्ताहरूले पहिलो पटक पहिचान गरेका थिए । वाइल्डलाइफसम्बन्धी अमेरिकी अधिकारीहरूका अनुसार विज्डमले एकीआकामाई नाम गरेका भालेको समागमबाट बचेरो पाएकी हुन् । सन् २०१२ देखि तिनी एकीआकामाईसँग बस्दै आएकी छन् । सामान्यतया एल्बाट्रसहरू एक पटक मात्रै जीवनसाथी बनाउँछन् ।

तर लामो समयसम्म बाँचिरहेकी विज्डमका पहिलाका जीवनसाथीहरू मरिसकेका ठानिएको छ । विज्डमले फेब्रुअरीमै बचेरो कोरले पनि त्यसबारे यो साता मात्र थाहा भएको हो ।

‘विज्डमले नोभेम्बर महिनाको अन्तिमतिर अन्डा पारेको हुनुपर्छ,’अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसले नयाँ बचेरोबारे जानकारी गराएको विज्ञप्तिमा भनेको छ । ‘त्यसलगत्तै जब उनी आहाराका लागि समुद्रतिर फर्किइन्। तिनको जीवनसाथीले अण्डा स्याहार्ने जिम्मेवारी सम्हाल्यो। एल्बाट्रसको जोडीले अन्डा स्याहार्ने र बचेरो कोरलिएपछि आहारा खुवाउने जिम्मेवारी मिलीजुली सम्हाल्छन्।

’ विज्डमले आफ्नो जीवनकालमा ३० देखि ३६ वटा बचेरो कोरलेको अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसको विश्वास छ । अमेरिकामा मिडवे एटल वाइल्डलाइफ रिफ्युज सबैभन्दा धेरै एल्बाट्रसहरूको बासस्थान हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८